लघुबीमाको इन्ट्रीदेखि पुनर्बीमाको पुँजी वृद्धिको वर्ष बन्यो साल २०८०

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Apr 12, 2024 | 06:38:10 PM मा प्रकाशित

laxmi  sunrise bank

२०८० साल समग्रमा उत्साहजनक रहेन। बीमाको घट्दो दायरा, घट्दो ब्यापार, कम्पनी र नियामक विरुद्ध परेको मुद्दा लगायतका विषयलाई हेर्दा २०८० साल बीमा क्षेत्रका लागि सुखद बन्न नसकेको देखिन्छ।  

२०८० सालमा के के भयो बीमा क्षेत्रमा ? 

लघु बीमा कम्पनीहरु बजारमा

सरकारले लक्षित वर्गलाई बीमाको पहुँचमा पुर्याउने भन्दै लघु बीमा कम्पनीको आवश्यकता औँल्यायो। सोहि अनुसार नेपाल बीमा प्राधिकरणले  ७ वटा लघुबीमा कम्पनीलाई लाईसेन्स दियो । ४ वटाले निर्जीवन र ३ वटाले जीवन बीमकको लाईसेन्स पाए । उनीहरुलाई   प्राधिकरणले प्रदेश तोकेर नै लाईसेन्स दिएको थियो । 

लाईसेन्स पाएका ति ७ कम्पनीले २०८० सालदेखि कारोबार सुरु गरेका हुन् । लाईसेन्स २०७९ सालमा नै पाए पनि कम्पनीहरुले बजारमा प्रवेश भने २०८० सालमा गरेका हुन्।

लाईसेन्स पाउने ७ मध्य सबैभन्दा पहिला कारोबर गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सले गरेको हो । गार्डियनले २०८० साल असार २२ गतेदेखि कारोबार सुरु गरको थियो । त्यसको लगतै असार २८ गतेदेखि नेपाल माईक्रो ईन्स्योरेन्स कम्पनीले आफ्नो पहिलो कारोबार सुचारु गर्यो । त्यसैगरी क्रेष्ट माईक्रो लाईफले साउन १० र प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सले साउन ११ गतेदेखि काराबार सुरु गरेका थिए । 

यस्तै, लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्स पुस ६ गते, स्टार माईक्रो ईन्स्योरेन्स मसिंर १५ र ट्रस्ट माईक्रो ईन्स्योरेन्सले चैत ९ गतेदेखि कारोबार सुरु गरेको हो । चैत मसान्तसम्म लघु बीमा कम्पनीहरुले निर्जीवन तर्फ १३ करोड र जीवन तर्फ साँढे ७ करोड गरेर जम्मा साँढे २० करोड बढीको कारोवार गरिसकेका छन् ।

मर्जर पछि एकिकृत कारोबारको वर्ष

बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई मर्जरमा लैजाने नीति लिएसँगै १२ वटा निर्जीवन कम्पनीहरु मर्जरमा गएर ६ वटा कम्पनी बने भने ९ वटा जीवन बीमा कम्पनीहरु मर्ज भएर ४ वटा कम्पनी बने । मर्जर भएर आएर ४ कम्पनीहरुले भने २०८० सालमा नै एकिकृत कारोबार सुरु गरेका हुन् । 

गुरास लाईफ, प्राईम लाईफ र यूनियन लाईफ मिलर बनेको हिमालयन लाईफले २०८० साल वैशाख २६ गतेदेखि एकिकृत कारोबार सुरु गरेको हो । त्यसैगरी, आईएमई जनरल ईन्स्योरेन्स र प्रुडेन्सियल ईन्स्योरेन्स मर्जर भएर बनेको आईजीआई प्रुडेन्सियल ईन्स्योरेन्सको एकिकृत कारोवार वैशख २६ गते भएको थियो । त्यसैगरी, युनाईटेड ईन्स्योरेन्स र अजोड ईन्स्योरेन्स मिलेर बनेको युनाईटेड अजोड ईन्स्योरेन्सको एकिकृत कारोबार जेठ १४ र प्रभु लाईफ र महालक्ष्मी लाईफ बीच मर्जर भएर बनेको प्रभु महालक्ष्मी लाईफको नामबाट असार २९ गते एकिकृत कारोबार भएको हो ।

बीमा अभिकर्ताको परीक्षा

२०८० सालदेखि नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुको परीक्षा सुरु गरेको छ । विगतमा अभिकर्ता बन्नलाई परीक्षाको आवश्यकता पर्ने थिएन । तर, प्राधिकरणले कार्तिक १७ गतेदेखि अभिकर्ताको परीक्षा सञ्चालन गरेको थियो । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले पहिलो पटक कार्तिक १७ गते जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा शुरू गरेको हो । हालसम्म १८ हजार ९०३ जनाले अभिकर्ताको परीक्षा दिएर उत्तिर्ण भइसकेका छन् । 

प्रिमियममा आईपीओको लफडा

२०८० सालमा ४ वटा बीमा कम्पनी र १ वटा पुनर्बीमक गरी बीमा क्षेत्रका ५ कम्पनीले प्रिमियममा आईपीओ जारी गरे । प्रिमियममा आईपीओ जारी गर्नेहरुमा हिमालयन रिईन्स्योरेन्स, आईएमई लाईफ ईन्स्योरेन्स, सन् नेपाल लाईफ ईन्स्योरेन्स, रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स र सिटिजन्स लाईफ ईन्स्योरेन्स रहेका छन् ।

हिमालयन रिले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँ प्रति कित्ताका दरले आईपीओ जारी गरेको थियो । त्यसैगरी, आईएमई लाईफले अंकित मूल्यमा १२६.९१ रुपैयाँ थपेर २३६.९१ रुपैयाँ प्रतिकित्ताका दरले आईपीओ जारी गरेको थियो भने सन् नेपालल १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँमा, सिटिजन लाईफले १४४ रुपैयाँ प्रिमियम थपेर २४४ रुपैयाँमा र १५७ रुपैयाँ प्रिमियम थपेर रिलायबल लाईफले २५७ रुपैयाँ प्रति कित्ताका दरले आईपीओ जारी गरेको थियो ।

हिमालयन रिईन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको भन्दै सर्वाेच्च अदालतमा मुद्दा नै दर्ता भएको छ । सर्वोच्चमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र हिमालयन रिईन्स्योरेन्स विरुद्द मुद्दा दायर भएको छ । 

प्रिमियम मूल्यमा आईपीओको विषयमा संसदको सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमाल र प्राधिकरणका अध्यक्ष सूर्य सिलवालको सम्पति छानविन गर्न सम्पती शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन नै दिएको थियो । त्यसैगरी अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई पनि प्रिमियम आईपीओको सन्दर्भमा छानविन गर्न समितिले निर्देशन दिएको थियो ।

घट्दो बीमा बजारले चिन्ता

विश्वब्यापी रुपमा देखिएको आर्थिक मन्दीले नेपालको बीमा क्षेत्रलाई पनि बाँकी राखेन । आर्थिक मन्दीले बीमा बजारलाई नराम्रैसँग प्रभावित पार्यो । आर्थिक मन्दीका कारण यस बर्ष बीमा ब्यापारको ग्राफले ओरालो बाटो तय गर्यो ।

यस्तै, बीमाको ब्यापार घट्नुका साथै जीवन बीमा पोलिसि त्याग्नेहरुको संख्या पनि ह्वात्तै बढ्यो । यस बर्ष समग्ररुपमा बीमाको दायरा नै खुम्चिन पुग्यो । 

मर्जर भएका कम्पनीमा किचलो

मर्जर भएर आएका कम्पनीका कर्मचारीबीचको विवादले किचलो देखियो । यसको ज्वलन्त उदाहरण बन्यो प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स । बीमा क्षेत्रका पायोनियर म्यानका रुपले चिनिने आरके भट्टराई महालक्ष्मी लाईफ तर्फबाट सो कम्पनीको सीईओ बनेका थिए । उनी सीईओ भईरहँदा साविकको प्रभु लाईफतर्फका उच्च पदस्थ कर्मचारीहरु सन्तुष्टि दखिएनन् ।  भट्टराईले ६ महिना भन्दा धेरै कम्पनीमा नबस्ने भन्दै मर्जरको समयमा नै भनिसकेका थिए । अन्तंत: भट्टराई कम्पनीबाट भीआरएस लिएर विदाई भए।  साथै महालक्षी तर्फका करिब १ दर्जन उच्च पदस्थ कर्मचारीले पनि भीआरएस लिएर नै विदाई भए ।  मर्जरमा गएका अन्य कम्पनीका कर्मचारीहरुमा पनि मनमुटाव रहेको पाइन्छ। 

पहिलो पटक खेलकुद बीमालेख जारी  

नेपाल बीमा प्राधिकरणले पहिलो पटक खेलकुद बीमालेख जारी गरेको छ । प्राधिकरणले खेलाडीको सुरक्षा र मनोबल बढाउनका लागि भन्दै खेलाडीको लागि छुट्टै बीमालेख जारी २०८० सालमा नै गरेको हो । उक्त बीमालेख अनुसार कम्पनीहरुले पोलिसि पनि विक्री गर्न सुरु गरिसकेका छन् । राष्ट्रिय बीमा कम्पनीे खेलकुद बीमालेख पोलिसि विक्री गर्ने पहिलो बीमा कम्पनी समेत बनेको छ । 

बीमा संस्थानको कम्पनीमा रुपमान्तरण  

विगत लामो समय अडिट समेत नभएर बसेको तत्कालीन बीमा संस्थान कम्पनीमा परिणत भएको छ । बीमा ऐन, २०७९ को व्यवस्था अनुसार संस्थान कम्पनीमा रुपान्तरण भएको हो। संस्थान विगत करिब एक दशक देखि वार्षिक साधारण सभा समेत नभएर बसेको थियो ।  कम्पनीमा रुपान्तरण भएसँगै कम्पनीले साधारणसभा आह्वान गरेको छ । तत्कालीन बीमा संस्थान कम्पनीमा परिणत भएसँगै नाम पनि परिवर्तन भएको छ । बीमा संस्थानबाट राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा परिवर्तन भएको छ ।

पुनर्बीमकको चुँक्तापूजी बढाउने निर्णय 

नेपाल बीमा प्राधिकरणले पुनर्बीमक कम्पनीको चुक्ता पूँजी बढाउने नीति लिएको छ। प्राधिकरणले नेपालमा हाल विद्यमान रहेका २ पुनर्बीमको पुँजी २० अर्ब पुर्याउने निर्णय गरेको हो। सोहि अनुसार नेपाल पुनबीमा कम्पनी र हिमालयन रिलाई एक वर्षभित्र २० अर्ब चुक्ता पूँजी पुर्याउने योजना पेश गर्न प्राधिकरणले निर्देशन नै दिएको थियो । २०८० माघमा प्राधिकरणले कम्पनीहरुलाई यस्तो निर्देशन दिएको थियो ।

जस अनुसार हिमालयन रिले प्राधिकरणमा योजना पनि पेश गरेको छ । प्राधिकरणमा पेश गरेको योजना अनुसार कम्पनीले ८० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । 

यता सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीले यस विषयमा अर्थ मन्त्रालयमा छलफल भईरहेको उल्लेख गरेको छ । कम्पनीले २० अर्ब कसरी पुर्याउन सकिन्छ भन्ने प्रारम्भिक योजना छलफलका लागि मन्त्रालयमा बुझाएको छ । कम्पनीको प्रारम्झिक योजनामा २ आर्थिक वर्ष २०७९/८० र ०८०/८१ को मुनाफाबाट बोनस बाड्ने र अपुग रकम हकप्रद जारी गरेर पुर्याउने उल्लेख छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved