एशियन लाईफले ब्यतित बीमालेख नविकरणमा छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 11:46:12 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ ईन्स्योरेन्सले ब्यतित भएका बीमालेख नविकरण गर्नेलाई छुट दिने भएको छ । ब्यतित भएका बीमालेख वैशाख ३ देखि जेठ २५ गतेसम्म पुर्नजागरण गर्नेलाई छुट दिने जनाएको हो । 

कम्पनीले सोमबार एक सूचना जारी गर्दै यस्तो छुट दिने जनाएको हो । जस अनुसार ५ वर्षदेखि धेरै अवधि ब्यतित भएका बीमालेख नविकरण गर्दा ५० बिलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । त्यसैगरी, २ वर्षदेखि ५ वर्षसम्म अवधि ब्यतित भएका बीमालेख नविकरण गर्दा बिलम्ब शुल्कमा २५ प्रतिशत छुट पाईने कम्पनीले उल्लेख गरेको छ । 

२ वर्षभन्दा कम अवधिको ब्यतित बीमालेख नविकरणमा भने कम्पनीले छुट नदिने जनाएको छ । यस्तै एक पटक ब्याज छुट लिइसकेका बीमितलाई पुन छुट नगर्ने पनि कम्पनीले स्पष्ट पारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved