मर्जर भएर आएका बीमा कम्पनीमा देखिएन ‘सिनर्जी’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 02:40:20 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर भएर आएका बीमा कम्पनीहरुले उल्लेख्य रुपमा व्यवसाय बढाउन नसकेको पाइएको छ । गत वर्ष ९ वटा जीवन बीमा कम्पनीहरु मर्ज भएर ४ वटा कम्पनी बनेका थिए । त्यसैगरी, १२ वटा निर्जीवन कम्पनी मर्ज भएर ६ वटा कम्पनी बनेका थिए । तर, मर्ज भएर आएका कम्पनीहरुले सिनर्जी देखिने गरि व्यवसायमा खासै ठूलो फड्को मार्न नसकेको पाइएको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार मर्जर भएका केही कम्पनीहरुले सामान्य रुपमा व्यवसाय बढाए पनि २ कम्पनीहरुको भने व्यवसाय घटेको छ । जीवन बीमातर्फ मर्जर भएर आएका ४ वटै कम्पनीले सामान्य रुपमा व्यवसाय बढाएका छन् । 

जसमध्ये प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले ११.७४ प्रतिशतले व्यवसाय बढाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रेमाससम्म साविकको प्रभु र महालक्ष्मीले कुल २ अर्ब ७४ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । यस्तो बीमाशुल्क संकलन बढाएर चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा प्रभु महालक्ष्मी लाईफले ३ अर्ब ६ करोड ३८ लाख रुपैयाँ पुर्याएको छ । 

यसैगरी, प्राइम लाईफ, यूनियन लाईफ र गुराश लाईफ मिलेर बनेको कम्पनी हिमालयन लाईफले ८.७३, सूर्य र ज्योति मिलेर बनेको सूर्यज्योतिले ५.१५ र सानिमा र रिलायन्स मिलेर बनेको सानिमा रिलायन्स लाईफले ५.०४ प्रतिशतले व्यवसाय बढाएका छन् । 

निर्जीवन अवस्था कस्तो ?

मर्जर भएर आएका ६ निर्जीवन कम्पनीमध्ये २ वटाको व्यवसाय प्रगति गत आवको सोहि अवधिको तुलनामा घटेको छ । यूनाईटेड र अजोड मिलेर बनेको यूनाईटे अजोडको व्यवसाय १७.४५ र सिद्दार्थ ईन्स्योरेन्स र प्रिमियर ईन्स्योरेन्स मिलेर बनेको सिद्दार्थ प्रिमियर ईन्स्योरेन्सको व्यवसाय १३।७८ प्रतिशतले घटेको प्राधिकरणको तथ्यांकले देखाउँछ । 

यता, सानिमा जीआईसी, आईजीआई प्रुडेन्सियल र सगरमाथा लुम्बिनी ईन्स्योरेन्सको व्यवसाय पनि सामान्य मात्रै बढेको देखिन्छ । 

समग्रहमा मर्जर भएर आएका निर्जीवन कम्पनीहरुको व्यवसाय १.७५ प्रतिशतले घटेको छ । 

कुन कम्पनीको व्यवसाय कति बढ्यो/घट्यो ? 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved