कर्मचारीसँग काँधमा काँध मिलाएर अघि बढ्छु; नवनियुक्त सीइओ डा.श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 06:56:32 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत  डा. शिवहरि श्रेठले कम्पनीका सम्पूर्ण कार्य गर्नका लागि कर्मचारीसँग काँधमा काँध मिलाएर जाने बताएका छन्। कम्पनीको नेपाल वित्तीय संस्था कर्मचारी संघले सीइओलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा सीइओ श्रेष्ठले कर्मचारीसँग काँधमा काँध मिलाएर जाने बताएका हुन्।

 उनले  कर्मचारी नै संस्थाको मालिक भएको बताउँदै कर्मचारीको सहयोग बिना सफलता हासिल पनि गर्न नसकिने उल्लेख गरे ।

 संघले आइतबार नवनियुक्त सीईओलाई डा. शिवहरि श्रेठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो । शुभकामना प्रदान कार्यक्रममा संघका अध्यक्ष दिपक राज पाण्डेयले कम्पनीका विभिन्न कार्यहरु सम्पादन गर्न नवनियुक्त सीईओ श्रेष्ठलाई शुभकामना दिएका हुन् । उनले कम्पनीको मुख्य चुनौतीको रुपमा रहेको लेखापरिक्षण, सस्थागत सुसासन लगायतका कार्यमा सफलता प्रप्त गर्न सीईओलाई शुभकामना दिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved