सनराइज बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2021 | 09:25:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सन्राइज बैंकको लाभांश पारित भएको छ । बैंकको १४औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.३५ प्रतिशत नगद लाभांश पनि पारित भएको छ ।

यस बैंकको चुक्ता पूँजी हाल ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ पैसा छ ।

साधारण सभाबाट पारित बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ ६० पैसा पुग्नेछ । 

बैंकले अरु कनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने वा गाभिने विषयमा निर्णय गर्ने अधिकार संचालक समितिलाई दिएको छ ।

बैंकले हाल १३९ वटा शाखा, ८३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved