महालक्ष्मी विकास बैंकको लाभांश पारित, अध्यक्ष उपाध्याय नै दोहोरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2022 | 09:19:00 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको स्थगित २०औँ वार्षिक साधारणसभा बैंकका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको छ । 

साधारणसभाले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । 

संचालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु स्वीकृत भएको छ । 

स्थगित बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय,  संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका छन् । 

साथै संचालक समितिको ५१८औं बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved