जनउत्थान सामुदायिक लघुवित्तको एजीएम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 07:04:40 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थालिमिटेडेको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बुटवलको होटल न्युईरा रुपन्देहिमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९र८० को संञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९र२०८० आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।

सभाले लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८०र८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने निर्णय गरेको छ । संस्थापक शेयरधनीको तर्फबाट यज्ञ बिक्रम शाही, डा.मेग बहादुर विश्वकर्मा र डा. मान बहादुर बिकेलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

 सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना संञ्चालकहरुमा हुमा कुमारी कुँवर थापा, गुरुराज बरुवाललाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

भविष्यमा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने वा प्राप्तिसंग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरु पुरा गर्न गराउन सञ्चालक समितिलाई अधिकार पत्यायोजन गर्ने निर्णय पारित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved