किसानलाई असारको भुक्तानी भदौमा दिँदै डीडीसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2023 | 07:41:35 PM मा प्रकाशित

laxmi  sunrise bank

दुग्ध विकास संस्थान डीडीसीले किसानलाई भदौ महिनामा आएर बल्ल असार महिनाको भुक्तानी दिन सुरु गरेको छ ।  विभिन्न बहाना बनाएर किसानको भुक्तानी रोकेको डीडीसीले अब भने किसानलाई असार महिनाको भुक्तानी सुरु गरेको हो ।   

 केही समयता स्टकमा रहेको पाउडर र बटर बिक्री नभएकोले भुक्तानी ढिलो भएको डीडीसीले जनाएको छ। 

दुई महिनाको विचमा केहि बाधाका कारण किसानलाई भुक्तानी गर्न नसकेको डीडीसीका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताए । “देशभरका किसानले उत्पादन गरेका दुध विभिन्न समूह र सहकारीमार्फत दुडीडीसीले खरिद गर्दछ । त्यो खरिद गरेको किसानको भुक्तानी हामीले समयमै दिदै आएका थियौँ,” उनले भने, “ कोभीड काल देखि नै हाम्रो व्यापार अलि खस्कीयो, कोभीडमा चल्न सकेन, स्टकमा रहेको पाउडर र बटर बिक्री भएनन् र किसानलाई भुक्तानी दिन अलि ढिला भएको हो । अहिले असार महिनाको भुक्तानी भाद्रमा गरिरहेका छौ ।” 

डीडीसीले यो भन्दा अगाडी महिनामा २ पटक भुक्तानी गर्दै आएको थियो । जम्मा कारोबार गरेको पैसा मध्यको डीडीसीले केहि आफ्ना आवश्यक सामान किनेर अरु सबै किसानलाई नै दिइरहेको सूचना अधिकारी राजेन्द्रले बताए । “हामीले बजारीकरण गर्दा करीब १ करोडको कारोबार भयो भने त्यो पैसा हामीले किसानलाई नै दिने हो । तर, त्यो पैसा आजको हैन असारको भक्तानीमा पु्गेको छ । अहिले भाद्रको पैसा लानुहोस् भन्न पाएको भए ट्याक्क समयमा हुन्थ्यो । तर यो पैसा चाँहि असारको भएको छ ।” उनले भने । 

अहिले भुक्तानीमा ढिलाई हुनुमा कोभीडको दोष !

डीडीसीले अझै पनि ४ वर्ष अगाडीको कोभीडलाई देखाएर भुक्तानी समयमा दिन नसकिएको दाबी गरेको छ ।  कोभीडको समयमा दुध बिक्री नभएको र  २ अर्ब जतिको पाउडर र बटर स्टक गर्नु परेको डीडीसीको भनाई छ ।  डीडीसीले ऋण लिएर भएपनि किसानलाई दुधको भुक्तानी गरेको सूचना अधिकारी राजेन्द्र बताउछन्।

उनले भने 'बनाएको सामान राख्दा महिनाकै लाखै खर्च हुने भयो । एकातिर किसानलाई ऋण काडेर पैसा दिनु पर्यो अर्को तिर राखे बापत खर्च धेरै लाग्यो । त्यस्तो गर्दा गर्दै एक बर्ष वित्यो ।  अरु बेलाको जस्तो दुध आइरहने र मानिसले किनिरहने भएको भए यस्तो समय आउदैन थियो । तर किसानले उत्पादन गरेको दुध खरिद गर्न भने छाडेका छैनौ। ' कोभीडको अवस्था सहज भएपछि  आन्तरिक बजारले मात्र नपुगेर अन्तराष्ट्रिय बजारमा पनि सस्तो मुल्यमा दुध बिक्री गरेको उनले बताए ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved