स्वदेशी लघुवित्तको सेयर लिलाममा, उपत्यका बाहिर र भित्र कहाँबाट दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 09:06:09 AM मा प्रकाशित

स्वदेशी लघुवित्त वित्तीय संस्थाले हकप्रदमा अवितरित साधारण सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। लघुवित्तले मङ्सिर २० देखि २८ गतेसम्मका लागि ६२ हजार ५ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

लघुवित्तले गत असोज २३ देखि कात्तिक २६ गते सम्मका लागि हकप्रद बिक्रि खुला गर्दा साधारण समुहतर्फको अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताका लागि मङ्सिर २८ सम्म आबेदन दिनुपर्नेछ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन।

प्रत्येक व्यक्ति वा संघसंस्थाले लघुवित्तले लिलाममा राखेको शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

आबेदन फारम लिन र बुझाउन एनआईसी क्यापिटलको बबरमहल काठमाडौको कार्यालय तथा स्वदेशी लघुवित्तको रजिष्ट्रार कार्यालय इटहरी, सुनसरी तथा शाखा कार्यालय बाँके, चितवन, पोखरा, कास्की, बुटवल, रुपन्देही, बारा, बेलबारी, जितपुर र अत्तरिया तोकिएको छ। 

त्यस्तै बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम एनआईसी एसिया क्यापिटलको नाममा एनआइसी एसिया बैंकमा रहेको खाता नम्बर ५४४४४४५१०२५५२४०१ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।    शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी २३ करोड पुग्नेछ। 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved