छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha Limited ले पुस ९ गतेदेखि ५ लाख २३ हजार ६६ कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। लघुवित्तले
छिमेक सेवा समाज काठमाडौँको नाममा रहेको शेयर बिक्रि गर्न लागेको हो। शेयर लिलामी प्रक्रियाको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक बोलकबोलदाताले पुस १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
लगानी गर्न इच्छुक लागानीकर्ताले न्यूनतम एक हजार कित्ता वा सो भन्दा धेरै १० कित्ताको गुणाङ्कमा सम्पूर्ण शेयरको लागि बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।
