नाडेप लघुवित्तले मंसिर २३ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन् आउने १६ लाख कित्ता हकप्रद निष्काशन गरेको हो । कम्पनीले केहि महिना अघि मात्रै ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको थियो ।
हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ६ गते सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । लगानीकर्ताले पुस २९ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ ।
लगानीकर्ताले नबिल इन्भेस्टमेन्ट बैंकिंगको नक्साल स्थिति कार्यालय, नाडेप लघुवित्तको इलाका कार्यालयहरु बिराटनगर, पोखरा, बुटवल र अतारिया, उपशाखाहरु सिमरा र जाजरकोटबाट पनि आवेदन दिन सक्ने छन् । त्यस्तै सम्पूर्ण सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र मेरोशेयर वेबसाइट मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ ।
हाल कम्पनीको चुक्ता पुंजी १६ करोड रहेकोमा शतप्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ३२ करोड पुग्ने छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनस धेयर दिने प्रस्ताव गरेको छ ।
