नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले ४७ हजार कित्ता बढी शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिर्की गर्ने भएको छ । कम्पनीले पुस १८ गतेदेखि संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयर लिलाम गर्ने भएको हो । यस पटक सर्वसाधारणले पनि यसमा आवेदन गर्न सक्ने छन् ।
यसअघि कम्पनीले ८६ हजार ९३ कित्ता शेयर लिलामीमा ल्याएको थियो । त्यति समयमा संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयरमा माग नपरेपछि सर्वसाधारणलाई पनि शेयर खुला गरिएको हो । लिलाम प्रक्रियाको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । क्यापिटलको कार्यालय नागपोखरी काठमाडौं, एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
इच्छुक लगानीकर्ताले प्रति कित्ता १०० रुपियाँ भन्दा कम नहुने गरी न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले पुस २५ गतेसम्म आवेदन गर्न सकिन्छ ।