एभरेष्ट इन्स्योरेन्सको २ लाख कित्ता शेयर माघ २१ देखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 09:07:43 AM मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company Limited ले माघ २१ गतेदेखि झन्डै २ लाख कित्ता शेयर लिलाम गर्ने भएको छ । कम्पनीले  हकप्रदमा अवितरित एक लाख ९७ हजार ७१७ कित्ता संस्थापक हकप्रद सेयर लिलाम गर्ने भएको हो।

कम्पनीले मंसिर १६ गतेदेखि पुस २२ गतेसम्म १०५ प्रतिशत अर्थात् कूल १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक समूहको हकप्रद बिक्री खुला गरेको थियो । 

बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद निष्काशन गर्दा सो परिमाणमा हकप्रद बिक्री नभएपछि लिलामी मार्फत बिक्री गर्न लागिएकाे कम्पनीले जनाएकाे छ । सो शेयरमा १२ लाख ५ हजार ६०८ कित्ताको लागि मात्र आवेदन परेपछि कम्पनीले बाँकि रहेको एक लाख ९७ हजार ७१७ कित्ता संस्थापक हकप्रद सेयर लिलाम गर्ने भएको हो।

लिलामको लागि माघ २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीको शेयर निष्काशक तथा बिकी प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलको कार्यालय नक्साल, र सिद्धार्थ बैंकको शाखा कार्यालयहरु बिराटनगर, शुर्खेत, बिर्गनाज, नेपालगंज, पोखरा, बुटवल र धनगढी बाट समेत आवेदन दिन सकिने छ ।

 बीमा समितिको निर्देशन अनुरुप संस्थापक शेयर हिस्सा ५१ प्रतिशतकायम गर्न कम्पनीले पहिलो चरणमा कम्पनीले १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गरेको हो । यस पछि ३ सय प्रतिशत हकप्रद जारी गरेर कम्पनीले १ अर्ब पुंजी पुर्याउने छ ।   



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved