युनिभर्सल पावर कम्पनीले माघ २५ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्दै छ। स्थानीयलाई शेयर निष्काशन गरेर बाडफांड गरी सकेपछि कम्पनी कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले स्थानीयको लागि छुट्याएको मध्येको १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो। जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकि रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिनको लागि छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्मको म्याद तोकिएको छ। आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ।
कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ ।
