last day to apply IPO of Sanjen

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2019 | 10:25:05 AM मा प्रकाशित

सान्जेन जलबिद्युत कम्पनी लिमिटेडले जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत बैशाख ६ देखि सर्वसाधारणमा साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ।    

सान्जेन माथिल्लो (१४.८ मेगा वाट) तथा सान्जेन जलबिद्युत आयोजना (४२.५०) मेगावाटका लागि कम्पनीले प्रति सेयर १०० रुपैयाँका दरले ५४ लाख ७५००० कित्ता आइपीओ निष्काशन गरेको हो। यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९००० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी ४९ लाख ८२ हजार २५० कित्ता आइपीओमा सर्वसाधारणले आबेदन दिन सक्नेछन। 

यो पनि: 'कमाईको ४०-५० प्रतिशतसम्म लाभांश दिने सक्छौ' सान्जेन जलविद्युतका सीइओको अन्तर्वार्ता

इच्छुक लगानीकर्ताले यहि बैशाख ६ देखि छिटोमा बैशाख १० गतेसम्म र ढिलोमा जेठ ५ गतेसम्म आइपीओंका लागि आबेदन दिन सक्नेछन। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकता २००० कित्तासम्मलाई आबेदन दिन सक्नेछन। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट तथा मेरो सेयर मार्फत पनि सान्जेनको आइपीओमा आबेदन दिन सकिनेछ।  

आइपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष र सह निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल छन।   

सान्जेनको आइपीओले क्रेडिट रेटिंङ संस्था इक्रा नेपालबाट 'इक्रा एनपी ग्रेडिङ ४' पाएको छ। यसले कम्पनीको अवस्था औषत भन्दा तल भएको जनाउँछ। त्यस्तै कम्पनीको प्रति मेगावाट लागत १५ करोड १९ लाख छ। यो लागत उद्योगको औषत लागत भन्दा कम हो। जसलाई सस्तो लागत भन्न सकिन्छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved