ग्रामिण बिकास लघुवित्तको हकप्रद भर्नुभयो ? यस्तो छ कम्पनीले जारि गरेको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 08:26:51 AM मा प्रकाशित

ग्रामिण बिकास लघुवित्त वित्तीय संस्थाले एक सय बराबर पचास कित्ता अर्थात ५० प्रतिशतका दरले हकप्रद बिक्रि गरिरहेको छ। लघुवित्तले बैशाख २७ देखि निष्काशन गरेको हकप्रदमा जेठ ३० सम्म आबेदन दिन सकिने जनाइएको छ। 

हकप्रद प्रयोजनार्थ चैत ३० गतेको लागि बुक क्लोज तय भएकाले चैत २८ सम्म कायम सेयरधनीहरुले मात्र ग्रामिणको हकप्रद भर्न पाउनेछन। कम्पनीले ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गरेको छ। 

लघुवित्तको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। चैत २८ सम्म कायम सेयरधनीहरुले एनआईबिएल एस क्यापिटलको लाजिम्पाट काठमाण्डौ, तथा शाखा कार्यालयहरु लाल्दरबार काठमाण्डौ र लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा तथा ट्राफिकचोक बुटवल र गोल्छाचोक बिराटनगरबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन। 

त्यस्तै लघुवित्तको बुटवल स्थित केन्द्रिय कार्यालय तथा क्षेत्रीय कार्यालय बिराटनगर, बुटवलम जनकपुर, नेपालगंज र धनगढीबाट समेत आबेदन दिन सकिनेछ। त्यस्तै सम्पूर्ण आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिने छ । 

हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९८ करोड २५ लाख पुग्नेछ। हाल लघुवित्तको चुक्तापुंजी ६५ करोड ५० लाख रहेको छ।         



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved