स्मार्ट टेलिकमको फोरजी सेवा सुरु: भाइबर, ह्वाट्स एपमा फ्री कल, डबल डेटा र एक पैसा मै कल अफर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 10:45:59 AM मा प्रकाशित

laxmi sunrise bank

दूरसंचार सेवाप्रदायक कम्पनी स्मार्ट सेलले आजदेखि फोरजी सेवा सुरु गरेको छ । कम्पनीले  तत्कालको लागि  परिक्षणको रुपमा  काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गरेको प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिए।

 स्मार्टले नेपालमा हालसम्मकै सबैभन्दा द्रुतगतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। अहिले थ्रीजी र फोरजीबीचमा गतिमा उपभोक्ताले फरक अनुभुति गर्न नपाएको तर स्मार्टले त्यो अनुभव गराउने कम्पनीले जनाएको छ।  कम्पनीका अनुसार ७० एमबीपिएससम्मको गति उपलब्ध गराउन सक्नेगरी प्रविधि तयार भएको छ।


कम्पनीले १८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत फोरजी संचालन गरेको हो।  सन् २००८ मा पश्चिमाचंल विकास क्षेत्रबाट सिमित क्षेत्रको जिएसएम सेवाबाट सेवा सुरु गरेको स्मार्टले सन् २०१३ मा युनिफाइड अनुमति पाएको थियो।

फोरजी सेवा सुरु गरेको अवसरमा कम्पनीले एकमहिनाको लागि भाइबर, ह्वाट्स एपमा निशुलक कलको सुविधा, तीसदिनको लागि २३५ रुपैयाँमा एक जिबी डाटा उपलब्ध गराउने बताएको छ। त्यस्तै स्मार्टले नेपालमै पहिलोपटक एक सेकेन्डको अवधिमा शूल्क निर्धारण गरेको छ। एक सेकेन्ड कल गर्दा एक पैसामात्र शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ।

त्यस्तै कम्पनीले डबल डेटा र फस्ट रिचार्जर प्याक पनि लाएको छ । कम्पनीका सेवाहरु बुझ्न स्मार्ट प्रयोगकर्ताले ४२४२ मा र अन्य प्रयोगकर्ताले 9611004242 मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved