![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएसमा आवद्द बैंक तथा वित्तीय संस्थाको संख्या २६ पुगेको छ । सिभिल बैंक, सेन्चुरी कमर्शियल बैंक र एक्सेल डेभलपमेन्ट बैंक यसको क्रमश २४ औ, २५ औ र २६ औ सदस्य बनेको हो ।
यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्ने व्यवस्था रहेका छन् । यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ र छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भैरहेको जानकारी कम्पनीले गराएको छ ।
हालसम्म ३२ वित्तीय संस्थाहरुले प्रणालीमा आबद्द हुन् सम्झौता गरेका छन् ।
यो पनि :
अनलाइनबाट नै एउटा बैंक खातामा भएको रकम अर्को बैंकको खातामा पठाउन सकिने सेवा सुरु
यी १७ बैंकमा खाता भए अनलाईनबाट घर मै बसी सरकारलाई कर तिर्न सकिने , कति लाग्छ शुल्क ?