![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयल निगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७.३५ किलोमिटर पाइपलाइन बिछ्याउन पर्नेमा १९ किलोमिटर पाइपलाइन विछ्याई सकिएको छ ।
पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्षण क्षेत्र पर्ने भएकाले त्यस क्षेत्रमा पर्ने रुख बटान गर्न परियोजनाले वन मन्त्रालयबाट स्वीकृति पाएको छ । रुख काट्ने जिम्मा टिम्बर कर्पोरेशनले पाएको छ । काटिएका रुख बापतको क्षतिपूर्ति आयल निगमले मन्त्रालयलाई दिने परियोजनाका प्रमुख भानुभक्त खनालले जानकारी दिए । वन क्षेत्रका ५ हजार ८८८ रुख काट्ने सहमति भएको छ । रुख कटान हुनासाथ एक महीनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुनेछ । पाइपलाइन विस्तारका लागि आरक्षण क्षेत्रको १० किलोमिटर जङ्गल छ ।
२०१८ अप्रिलबाट शुरु भएको पाइपलाइन बिछ्याउने काम अबको एक महिनामा पूरा हुने खनालको दाबी छ । पाइपलाइन बिछ्याउन नेपालले ७५ करोड र भारतले २०० करोड लगानी गरेका छन् ।
त्यस्तै विहारको मोतिहारीदेखि रक्सौलसम्म ३ किलोमिटर मात्रै पाइपलाइन विस्तारको काम बाँकी छ ।