मेलम्ची खानेपानीको पाइपलाइनमा क्षति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 05:09:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सडक विभागले वनस्थली क्षेत्रमा ढल निर्माण गर्दा मेलम्चीका खानेपानी पाइपलाइनमा क्षति पुगेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

मेलम्चीको खानेपानी वितरणका लागि विच्छ्याइएका खानेपानी वितरण प्रणालीका नयाँ ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका साना पाइपलाइनमा क्षति पुग्ने गरी कुनै पनि काम नगर्न पटक पटक आग्रह गरिउको भएपनि मेलम्चीका खानेपानी पाइपलाइनमा क्षति पु¥याउने क्रम नरोकिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

पुस २१ गते सडक विभाग, काठमाडौं चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत चक्रपथको वनस्थली क्षेत्रमा ढल निर्माणको कार्य भइरहँदा नयाँ ठूला पाइपलाइनमा क्षति पुगेको जनाइएको छ । 

काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले वनस्थली क्षेत्रमा ढल निर्माणका क्रममा खानेपानीका ठूला पाइपहरु रहेको चेम्बर देखिएको जानकारी गराए लगत्तै आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रवन्धक सहितको टोली र सडक विभागको टोलीले हिजै ढल निर्माण कार्यको निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा खानेपानीका पाइपलाइनमा क्षति नपुग्ने गरी काम गर्न निर्देशन दिएर टोलीहरु फर्के लगत्तै निर्माण व्यवसायीका कामदारहरुले काम गर्ने क्रममा खानेपानी पाइपलाइनमा क्षति पुगेको पाइएको हो ।

पाइप फुटेर निस्किएको मेलम्चीको खानेपानी ढलबाट प्रवाह गराइएका कारण वनस्थली क्षेत्रको सडकमा पानी जम्न नपाएको स्थलगत अवलोकनबाट देखिएको छ ।

पाइपलाइनमा क्षति पुगेका कारण उक्त पाइपलाइनबाट कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।

निर्देशनालयले आफ्नै खर्चमा पाइपलाइनको मर्मत कार्य शुरु गरेको छ । क्षतिको प्राविधिक मूल्याङ्कन गरी क्षतिपूर्ति रकम तय भएपछि काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाबाट सोधभर्ना लिन आवश्यक प्रक्रिया अगाडि बढाइने निर्देशनालयले जनाएको छ ।

काठमाडौंमा उपत्यकामा हाल हुँदै आएका सडक तथा ढल निर्माण÷मर्मत र विद्युतका केवल तथा टेलिफोनका तार भूमिगत गर्ने कार्यबाट मेलम्चीका ठूला तथा साना पाइपलाइनमा क्षति नपुर्याउन पनि निर्देशनालयले अनुरोध गरेको आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई. चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved