अमेरिकामा ब्याज दर बढ्दै: नेपालको सुन र डलर बजारमा कस्तो प्रभाब पर्ला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 15, 2017 | 12:38:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जभ बैंकको फेड रेट (ब्याज दर ) बढ्ने भएको छ। फेड रेट बढ्ने निश्चित भएसंगै सुन तथा अमेरिकी डलरको मूल्य प्रभावित बन्ने भएको छ। फेडरल रिर्जभले छोटो अवधिका लागि ब्याजदर बढाएको सीएनएनले जनाएको छ। यस अघि २ पटक ब्याजदर बढाएको फेडले तेस्रो पटक ब्याजदर बढाउने निर्णय गरेको हो। फेडरल रिर्जभले ब्याजदर बढाउनु भनेको अमेरिकी अर्थतन्त्रमा सुधारको संकेत देखिनु हो। फेडरल रिजर्भले ब्याजदर बढाउने निर्णय लिएसंगै अमेरिकाको अर्थतन्त्र झनै बलियो हुने अपेक्षा गरिएको छ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जभ प्रुमुख जेनेट एल्लेनले अमेरिकाको अर्थतन्त्रको प्रगतिलाई थप मजबुत बनाउने प्रतिक्रिया दिएको त्यहाँका संचार माध्यमले जनाएका छन। फेडरल रिजर्भको यस निर्णयले अमेरिकाको आर्थिक वृद्धि र रोजगारीको दर बढ्ने बिश्वास गरिएको छ। बढ्दो ब्याजदरले अन्तत: घर खरिदकर्ता, क्रेडिट कार्ड धारी प्रभावित बन्ने छन। तर धितोहरुको ब्याजदर तत्काल नबढ्ने फेडरल रिजर्भले त्यहाँको नागरीकहरुलाई बिश्वास दिलाएको छ।

ब्याजदर १ प्रतिशत र १ दशमलब २५ प्रतिशतको बीचमा रहने छ। ब्याजदरमा आएको यो वृद्धि यसअघिको तुलनामा निकै कम हो। फेडरल रिजर्भले अबको दुई दिनमा ब्याजदर बढेको औपचारिक घोषणा गर्ने सम्भावना ९६ प्रतिशत भन्दा माथि रहेको जनाइएको छ।

संकटमा रहेको घरजग्गा बजारलाई उकास्न फेडरल रिजर्भले सन २००८ मा ब्याजदर शुन्य तय गरेको थियो। अमेरिकाको अर्थतन्त्रमा सुधार देखिएसंगै फेडरल रिजर्भले बिस्तारै बिस्तारै ब्याजदर बढाउदै लगेको छ।

यस बर्ष तेस्रो पटक ब्याजदर बढाउने निर्णय गर्ने तयारीमा रहेको फेडरल रिजर्भले यसै बर्ष फेरी अर्को पटक पनि ब्याजदर बढाउने सम्भावना रहेको छ। यद्दपी फेडरल रिजर्भ प्रमुख एल्लेन कार्यअवधि २०१८ फेब्रुअरीमा सकिदै छ। तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले उनलाई पुन नियुक्ति दिने सम्भावना न्यून रहेको आंकलन गरिएको छ।

नेपाली अर्थतन्त्रमा देखिने प्रभाब

सामान्यतया सुन र डलरको मूल्यबीच उल्टो सम्बन्ध रहेको हुन्छ। अमेरिकी फेडरल रिजर्भले कायम गर्ने ब्याजदरले डलरको मुल्य निर्धारण हुन्छ।  फेडरल रिजर्भले ब्याजदर बढाएसंगै डलर बलियो हुने गर्दछ। ब्याजदर बढेसंगै अमेरिकी नागरिकहरुसंग लगानीका लागि धेरै क्षेत्रको ढोका खुला हुन्छ।

त्यसैले अमेरिको केन्द्रीय बैंकले ब्याजदर बढाउने निर्णयले आगामी दिनमा डलरको मूल्य बढ्न गई नेपाली रुपैयाँ कम्जोर हुनेछ। अर्को तर्फ नेपाली बजारमा समेत सुनको मूल्य ओरालो लाग्ने सम्भावना बलियो छ। यस वर्ष फेड रेटमा हुने वृद्धिको कारण सुनको मूल्यमा थप गिरावट आउनेछ। बिश्व बजारमा भारत र चीनले करिब ५५ प्रतिशत बजार ओगटेको छ। भारत र नेपालमा सुनलाई प्रतिष्ठा र धार्मिक क्रियाकलापसंग जोडेर हेरिने हुँदा बिश्वबजारमा सुनमा आएको उतराचढाबले यहाँको सुन बजारलाई प्रत्यक्ष भन्दा प्रत्यक्ष प्रभाब पार्दै आएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved