इस्लामको अर्थ ब्यवस्था र ब्याजरहित बैंकिङ्ग प्रणालीका विधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 02:06:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोफेसर मोहम्मद रमजान अलि मियाँ

इस्लामको आर्थिक नीति नै हरेक ब्यक्तिको आधारभूत आवश्यक पूरा गर्ने हो।साथै पूरा हुने जमानत पनि दिन्छ।इस्लामी अर्थ ब्यवस्था र यस द्वारा निर्देशित नीति नियम र पद्धतिले समाजमा रहेका प्रत्येक ब्यक्तिको गास बास र कपासको प्रत्याभूति गरेको छ।यो कसरी सम्भव छ भनेर प्रश्न उठ्नु स्वभाविक नै हो।तसर्थ जो ब्यक्ति श्रम गर्न सक्षम हुन्छ उस माथी अनिवार्य छ कि उसले आफू मातहतकाको आधारभूत आवस्यकता पूरा गरोस।जस्तै बाउ माथी अनिवार्य छ कि उ आफ्ना सन्तानको लालनपालन गरोस।

यदि कुनै ब्यक्ति असक्ष्म छ भने उसको लालनपालन उसको हकवाला माथी अनिवार्य रहन्छ।यसैगरी यदि उसको कुनै सन्तान र वारेस नरहेको र श्रम गर्न असक्क्ष्म पनि रहेको खण्डमा सरकार माथी नै उसको लालनपालन लगायत आधारभूत आवश्यकता पूरा गर्ने दायित्व रहन्छ।जसलाइ इस्लामी अर्थ ब्यवस्थामा बैतुलमालको नामले चिनिन्छ।बैतुलमालको प्रावधान नै यस्ता यस्तै उदेश्यका निम्ति अवलम्बन गरिएको हो।यसबाट प्रष्ट भयो कि इस्लामको यस पद्धति बाट इस्लामी अर्थ ब्यवस्थाले मानिसको आधारभूत आवस्यकता पूरा गर्ने जमानत लिएको छ।

जब ब्याज इस्लाममा अवैध/ वर्जित छ भनिन्छ तब हामी सबैको मन मस्तिष्कमा यो प्रश्न उब्जिन्छ कि यो कसरी सम्भव छ?यो त हुनै सक्दैन! जब कि अहिलेको युगमा त सबै कारोबार र यसका सबै कार्यहरू बैंकिङ्ग प्रणाली द्वारा नै चलिरहेका छन।अनि बैंकहरुको सबै लेनदेन ब्याजमा आधारित छ।त्यस कारण यदि ब्याजलाइ (हराम ) कानुनी रुपमा अवैध ठहर्‍याइयो भने बैंकहरु र बैंकिङ्ग प्रणाली कसरी चल्छ?
यस प्रश्नको उत्तरका निम्ति एउटा पुस्तक नै लेख्नु पर्ने हुन्छ तथापि इस्लामी बैंकिङ्ग माथी संसारमा धेरै उपयोगी र महत्त्वपूर्ण कामहरु भएका छ्न।किन भने यस्को भुमिका अत्यन्तै प्रभावकारी छ ।जस्को प्रत्यक्ष सरोकार हामी सबैको जीवन संङ्ग रहेको छ अझ अर्को अर्थमा भन्ने हो भने त संसार नै यसै माथि आत्मनिर्भर रहेको छ।तर म आज यहाँ अत्यन्तै छोटकरीमा यो बताउन चाहन्छु कि ब्याज रहित बैंकिङ्ग प्रणाली कसरी प्रभावकारी हुन सक्छ र त्यस्का आधारहरु के के हुन?

सर्वप्रथम इस्लामी बैंकिङ्ग प्रणाली वा ब्यवस्था के हो त्यो जान्न र बुझ्न जरुरी छ। इस्लामी बैंकिङ्ग प्रणाली वा ब्यवस्था भन्नाले त्यो ब्यवस्था हो जुन शरीया नीति नियममा आधारित हुन्छ्न।यसै नीति नियमलाइ ब्यवहारमा लागू गर्दै लेनदेन गरिने कार्यको नाम नै ईस्लामिक बैंकिङ्ग हो।

अहिलेको इस्लामी बैंकिङ्ग प्रणालीलाई सर्वप्रथम सन् १९६३ मा मलेसिया र इजिप्टमा लागू गरिएको थियोे।त्यस पछि बिश्वका अन्य मुलुकहरूमा पनि यो नीति अत्यन्तै द्रुतगतिमा अवलम्बन गरियो। सन् १९७० सम्म आइपुग्दा यस प्रणालीलाई त्यत्ती पराइएन तर बिसौं शताब्दीको नजिक आइपुग्दा सम्म यस्को पक्ष विपक्षमा र यसको प्रभावकारिता माथी गहिरो खोज एवं अनुसन्धानको कार्य आरम्भ भयो।आज अरब जगत र अरब बाहिर इस्लामी बैंकिङ्ग प्रणाली प्रख्यात मात्र छैन यसलाइ कारोबारी जिन्दगी र ब्यवहारीक रुपमा अप्नाइएको पनि छ।

अल्लाहले पवित्र कुरआनमा भन्नू भएको छ, 'अहल् लल्लाहु अल् बैअ व हर्रम अल रिबा' अर्थात 'अल्लाहले ब्यापार ब्यवसायलाइ बैध ठहर्‍याउनु भएको छ र ब्याजलाइ अवैध' ( अल् बक्रह:२७५)

हाल हामीकहाँ अवलम्बित बैंकिङ्ग प्रणालीको अवस्थालाई संक्षिप्त बयान गर्ने हो भने अथवा त्यसको समरी यो हो कि बैंकले आफ्ना खातावालाहरुको रकम आफू संङ्ग जम्मा गरेर राख्दछ अनि त्यही रकम उद्योगी उद्दयमी तथा ब्यवसायीहरुलाइ ब्याजमा कर्जाको रुपमा प्रवाह गर्दछ। तर इस्लामी बैंकिङ्ग प्रणाली वा ब्यवस्थामा यस प्रकार गरिने कारोबार ब्याजी रुपमा नभइ (अरबी शब्द: शिर्कत/ मुदारबत) PROFIT SHARING को नीति अनुसार अवलम्बन गरिन्छ जहाँ ब्याज नामको कुनै कुरा हुँदैन। यस प्रणालीको संक्षिप्त म यहाँ बर्णन गर्दछु।

इस्लामी अर्थ ब्यवस्थामा बैंक द्वारा गरिने यस प्रकारको कारोबार ब्याजको अतिरिक्त मुनाफामा साझेदारी 'PROFIT SHARING' को नीति अनुरुप हुनेछ जसको संक्षिप्त यस प्रकार रहेको छ।हामी कहाँ हुने बैंकिङ्ग कारोबार यसरी संचालनमा छन। आम उपभोक्ता वा खातावालाहरुको तर्फबाट जम्मा गरिने रकमको दुई प्रकार हुन्छ्न। एउटा रकम माग गरिएको खण्डमा रकम निकाल्न पाउने खाता बचत खाता (CURRENT ACCOUNT) को रकम अर्को भनेको मद्दे मुजारबत अर्थात  मुद्दती निक्षेप को रकम। बचत खाता ब्याज रहित बैंकिङ्ग प्रणालीमा चालु खाता अन्तर्गत समाहित हुने प्रावधान रहन्छ।

चालु खाताको सबै रकमहरु बैंक संङ्ग इस्लामी ब्यवस्था अनुरुप कर्जाको रुपमा रहनेछन। जसलाई ( Account Holder) खातावालाले चेकको माध्यम द्वारा कुनै पनि समयमा त्यसको भुक्तानीको माग गर्न सक्दछ।तर यस  खातावाला लाई खातामा पैसा जम्मा गरे बापत कुनै फाइदा दिइंदैन।

हामी कहाँ प्रचलित बैंकिङ्ग प्रणाली अनुसार पनि प्राय Current Account Holder लाई कुनै नाफा प्रवाह गरिदैन। यद्यपि  Fixed Deposit र Seving Account Holder खातावाला हरुलाइ भने एउटा निश्चित अवधी जुन ३ महिना देखि एक वर्ष सम्मको हुनेछ सो अवधि भरको लागि रकम जम्मा गर्न लगाइन्छ र त्यस मार्फत बैंकले जुन मुनाफा कमाउदछ र फाइदा प्राप्त गर्दछ सो रकमलाइ PROPORTIONATE को रुपमा सहभागी गराइन्छ।

Current account र Fixed deposit खाताहरु बाट प्राप्त हुने रकमहरु बाट एक भाग रकम बैंकले आफु संङ्ग( Reserve) सुरक्षित राखी बाकीं सबै रकम लगानीका निम्ति ब्यक्ति र ब्यवसायी उद्योगी उद्द्यमी हरुलाइ साझेदारी अथवा Profit Sharing  मुदारबतको नीति नियम अनुसार कर्जा प्रवाह गर्नेछ।अर्थात कर्जावालाहरु संङ्ग यो तय गर्नेछ कि  उनीहरुले  बैंकले दिएको रकम बाट जुन मुनाफा प्राप्त गर्नेछन त्यस्को केही प्रतिशत रकम बैंकलाई दिनेछन्। यसो गर्दा यिं उद्योगी ब्यवसायीहरु द्वारा गरिएको लगानीमा र त्यसको मुनाफामा बैंक पनि सहभागी हुनेछ।अनि मुनाफाको जुन प्रतिशत आपसी समझदारीमा तय गरिन्छ जस्तै १०% प्रतिशत अथवा पन्ध्र प्रतिशत जे जस्तो आपसी समझदारी अनुसार फिक्स गरिन्छ सो मुनाफालाइ बैंकले प्रवाह गरेको रकम सहित फिर्ता गर्नु पर्ने हुन्छ।यसको अनुरुप बैंकले ब्यवसायी उद्योगीबाट  आफुलाइ प्राप्त मुनाफा आफ्ना भागिदार (Shares) , खातावाला ( Depositors) बीच सहमति अनुसार तोकिएको रकमको बांडफांड गर्नेछ।

यो विधि न्यायीक रकम बाडफाडमा अत्यन्तै सहयोगी र उपयोगी बन्न मद्दत मिल्नेछ। किन भने अहिलेको समयमा जब कोहि लगानिकर्ता बैंक बाट ऋण लिएर करोडौंको कारोबार गर्दछ ,त्यो कारोबारको ठूलो रकम लगानी मै खर्च हुन्छ अर्थात प्रोजेक्ट मै लगानी हुन्छ।यस अवस्थामा बैंकले ब्यावपारी उद्योगी बाट जुन ब्याज पाउंछ त्यो उद्योगी तथा ब्यावपारीले प्राप्त गर्ने (Total and whole benefit )फाइदाको दांजोमा अत्यन्तै न्यून हुन्छ।तर इस्लामीक बैंकिङ्गमा किन भने बैंक प्रत्यक्ष कारोबारमा वा लगानीमा सहभागी हुने भएको हुनाले लगानी बाट प्राप्त केही नाफा बैंक पनि आउँदछ।बैंक पनि लगानी बाट प्राप्त रकम बाट लाभान्वित भयो।तर हामी कहाँ प्रचलित बैंकिङ्ग नीति अनुसार त खातावाला हरुले खातामा पैसा राखे बापत जुन ब्याज आउँछ त्यो रकम बैंकले लगानिकर्ताहरुबाट पाउने मुनाफा भन्दा त अत्यन्तै न्यून हुन्छ।

तर इस्लामी बैंकिङ्गमा त खातावाला पनि आफुले जम्मा गरेको रकमको माध्यम बाट प्रत्यक्ष कारोबारमा सहभागी हुने अवसर पाएको हुनाले लगानी बाट आउने वा पाउने रकमको ठूलो मात्रा खातावालाले पनि पाउने हुन्छ।यसो हुँदा प्रचलित बैंकिङ्ग प्रणालीमा रकम  एउटा हातमा मात्र खुम्चिन्छ।तर ईस्लामिक बैंकिङ्ग प्रणालीमा प्राप्त रकम एक हातमा खुम्चिनुको सट्टा रकम फैलिने अवसर पाउदछ।

यद्यपि ब्याज रहित प्रणालीमा प्राय जुन जटिलता बर्णन गरिन्छ कि यसमा खातावाला अथवा बैंक लाई प्राप्त हुने लाभांश/ BENEFIT बारे शतप्रतिशत ज्ञारेन्टी गर्न सकिँदैन। किन भने यसमा व्यापारी उद्योगी उद्द्यमी जस्ले कर्जा लिएको हुन्छ यदि यिनिहरुलाइ कारोबारमा घाटा भयो भने बैंक र खातावाला दुवैलाइ पनि प्रत्यक्ष घाटा हुन्छ।

तर यो जटिलता त्यस्तो ठूलो जटिलता होइन जसलाइ अर्थ शास्त्रीहरुले हल गर्न नसकुन र जसको कारणले पुरै ब्याज रहित बैंकिङ्ग प्रणालीलाई नै ब्यार्थ ठहर्‍याउन सकिन्छ। म अझै प्रष्ट पार्ने प्रयास गर्छु,

सर्वप्रथम त प्राय ठुला  कारोबारमा फाइदा बढी प्राप्त हुने र नोक्सान नहुने अवस्था बढी रहन्छ।यसैगरी बैंकले पनि आफुले कर्जा प्रवाह गर्ने पार्टीको आर्थिक अवस्था, उसको हैसियत,उसको वास्तविकता बुझेर नै उसलाइ कर्जा प्रवाह गर्ने गर्दछन। उसको Ground Reality नबुझी हचुवा भरमा लगानी त गर्दैन।यसैगरी हिजोआज पनि बैंकले कसैलाइ ऋण दिनु भन्दा पुर्व उसको आर्थिक अवस्था हेरेर मात्र ऋण दिने गर्दछ।यस अवस्थामा उसले अत्यन्तै गहिरो अध्ययन र पूरा जिम्मेवारीसंङ्ग बिचार गर्नु पर्ने हुन्छ। जुन कुरा यसका बिज्ञहरु जान्दछन।

यसो गर्दा गर्दै पनि अर्थात लगानी न डुब्ने अवस्थाको शतप्रतिशत प्रत्याभूति गरेर ऋण प्रवाह गर्दा गर्दै पनि कथमकथाचित वास्तव मै कारोबारमा कारोबार कै कारण कुनै हानी नोक्सानी भै हाल्यो भने पनि बैंकहरु मिलेर एउटा यस्तो सामुहिक कोष ( MUTUAL FUND) खडा गर्न सक्दछन जुन जुवा र ब्याज रहित होस। यसको माध्यम बाट बैंक र खातावाला लाई पुग्न सक्ने सम्भावित हानी नोक्सानी बाट बचाउन सकियोस। यस कोषको विवरण र कार्यबिधी पनि विज्ञ हरुले सहजै बनाउन सक्छन।

फेरि गहिरिएर हेर्ने हो भने प्रचलित बैंकिङ्ग प्रणालीमा बैंकका सबै काम कारवाही ब्याजमा नै तिहित हुदैनन्। बैंकले धेरै यस्ता सहयोगी काम र सेवा प्रवाह गरेको हुन्छ जसमा उसले  उचित रकम नाफा स्वरुप लिइरहेको हुन्छ। जस्तै ( LOCKERS)लकर सेवा को रकम।ट्राभल चेक बैंक ड्राफ्ट, Latter of credit जारी गर्नु इत्यादि।यसैगरी ब्यावसायिक वस्तुलाइ एल सी को माध्यम बाट किनबेच गर्नु।स्टक एक्सचेञ्जको कारोबार  यिं सबै कामहरु ब्याजरहित बैंकिङ्ग प्रणालीमा continue फाइदा र नाफाको हिसाबले जारी नै रहन्छन।यिं हुन अत्यन्तै संक्षिप्तमा ब्याजरहित बैंकिङ्ग प्रणालीका सुत्रधारहरु।

अब यो कुरा प्रष्ट भै सकेको छ कि अहिलेसम्म यस्तो कुनै बैंकिङ्ग प्रणाली हामी माझ छैन जस्ले लगानिकर्ता र बैंक दुवैलाई बराबर फाइदा प्रदान गरोस। तसर्थ यसका न्युनतम र तपसिलका बिषयहरुमाथी अर्थशास्त्री र इस्लामीक अर्थशास्त्री ओलमा ए दीनहरु सम्मेलित समूह मिलेर अत्यन्तै गहिरो खोज र अनुसन्धान गर्नु जरुरी छ। यसका बावजुद पनि परिक्षा र परिक्षणको विभिन्न कालखण्डबाट गुज्रिनु पर्नेछ। यहाँ यो कुरा पनि हामीले बिर्सनु हुंदैन कि प्रचलित बैंकिङ्ग प्रणाली पनि कुनै एक दिन वा एक वर्षको परिक्षणको उपज पक्कै पनि होइन। यसको पृष्ठभूमि हेर्ने हो भने बर्षौ वर्षको खोज अनुसन्धान बिचार विमर्श र मिहिनेत भएको छ।

यसका निम्ति पनि कयौं परिक्षणहरु भए।कत्ती नाफा नोक्सान अर्थ ब्यवस्थामा संसोधनलाई सहजै स्विकार्दै यो प्रणाली अवलम्बन गरिएको हो र त आज सम्म पनि यसमा कयौं जटिलता कायमै छन। अन्तिममा यो पनि भन्नू चाहन्छु कि इस्लामी बैंकिङ्गको आज सम्म त्यस्तो कुनै सफल परिक्षण भएको छैन र यो विधि कतै अवलम्बन गरिएको छैन भनेर यसलाइ ठोक्रयाउदिनु पनि कुनै न्यायसंगत हुने छैन। खाली सुनेको सुनाएको भरमा कुनै नतिजाको अन्तिममा पुग्न पक्कै पनि सकिँदैन। यदि हामीले पक्कै पनि अर्थब्यबस्थाको काचुली फेर्न चाहेको भने यस प्रणालीलाई पनि आत्मसात गरेर हेर्नै पर्ने हुन्छ। अनि मात्र यसको परिणाम हामीले देख्न पाउनेछौं।

क्रमश..........

लेखक राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक तथा  खाडी मुलुक तथा अरेबिक भाषाका विज्ञ हुन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved