नेपालमा ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2022 | 05:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रेट वाल मोटर नेपालले ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको छ ।  

ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भू–भाग र सडकको अवस्थाहरुमा राम्रो प्रदर्शन गरेको छ । ओरालो होस वा उकालो, कालोपत्रे राजमार्ग होस् वा ग्राभेल भरिएको अप्ठ्यारो बाटो, यो गाडीले सबैतिर उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको छ ।

ओरा गुड क्याट सहर, राजमार्ग र अप्ठ्यारो भू–भागमा पनि ड्राइभिङका लागि उपयुक्त रहेको छ र लामो ड्राइभिङ अनुभव पछि विश्वसनयिता र योग्य कन्फिगरेसनको साथ आफूलाई उत्कृष्ट सावित गरेको छ । यो आफ्नो फेसनेवल उपस्थितिको कारण बाटोमा जोसुकैलाई पनि यस गाडी प्रति जिज्ञासु बनाउन सफल भएको छ । 

यस गाडीले शहरमा ड्राइभिङ गर्दा सहज प्रणाली मार्फत सहयोग गर्दछ र राजमार्गमा आवश्यकता अनुसार धेरै छिटो प्रतिक्रिया देखाउँछ ।

ओरा गुड क्याट ः 

ओरा गुड क्याट जर्मनी, अस्ट्रिया, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञहरु सहित हाम्रा विश्वव्यापी टोलीहरुद्धारा राम्रोसँग डिजाइन र विकास गरिएको हो । यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरुलाई पूर्ण रुपमा एकिकृत गर्दछ । 

ग्रेट वाल मोटर थाईल्याण्डले मात्रै प्रि–सेल भएको ४८ घण्टाभित्र ओरा गुड क्याटको लागि ६००० भन्दा बढी अर्डरहरु प्राप्त ग¥यो । त्यसकारण हामी ओरा गुड क्याट नेपालमा राम्रोसँग रुचाइने र ग्राहकहरुको आवश्यकता अनुसारको हुने विश्वास राखेका छौं । हामी विश्वस्त छौँ की ओरा गुड क्याटले नेपालमा सार्वजनिक भए सँगै नेपाली ईलेक्ट्रिक भेईकल ईण्डस्ट्रीमा नयाँ दायरा, प्रदर्शन र युवापनमा नयाँ बेन्चमार्क बनाउनेछ । 

यसका साथै, ओरा गुड क्याटपछि ग्रेट वाल मोटर नेपालले २०२२ भित्र ओरा अन्तर्गत थप दुई ईलेक्ट्रिक गाडीका भेरियन्टहरु लन्च गर्ने योजना बनाएको छ ।

ग्रेट वाल मोटरको बारेमा ः

ग्रेट वाल मोटर नेपालले हाभल एच६, हाभल जोलायन र पोअर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ र नेपालको ईलेक्ट्रिक भेहिकलको भविष्यमा ओरा इलेक्ट्रिक सँगै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ । 

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वाल मोटर नेपालले यो लोकप्रिय इलेक्ट्रिक गाडी नेपाल ल्याउन सफल भएको छ । 

ग्रेट वाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । 

विश्वव्यापी बजार अनुसार ग्रेट वाल मोटर अग्रपंक्तिमा रहन अग्रसर छ । २०२५ सम्ममा विश्वबजारमा ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै यो कम्पनी आफ्नो बिक्रीको ८०% भन्दा बढी हिस्सा नयाँ उर्जाका सवारी साधनहरुको हुने अपेक्षा राखेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved