सुजुकीद्वारा ‘वर्कसप अन ह्वील’ सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2022 | 02:52:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजीे होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अन ह्वील सुरु गरेको छ । 

स्मार्ट वो वर्कसपको नया पहलले सुजुकी ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नुहुनेछ ।  कम्पनीको अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धि कार्यहरु गर्नेछन् ।

सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठ भन्छन्, ‘यो नयाँ पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हामी हर्षित छौ,  यो चार पांग्रे सवारी मा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ। यो सुबिधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थान मा पुगी सेवा दिनेछ ।’ 

यो सेवा हाल काठमाडौँ , पोखरा, भैरहवा  र नारायणघाटमा उपलब्द छ र चाडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्ध हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved