नेपालमा पल्सर मोटरसाइकल चढ्ने मानिस ८ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 04:39:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेसनले आफूहरुका ८ लाख ग्राहक पुगेको बताएको छ । स्थापनाको २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक अभिमन्यु गोल्छाले हालसम्म बजाज नेपाल (हुलास अटो)का ८ लाख ग्राहक रहेको जनाए । 

नेपालमा बजाज मोटरसाइकल सन् १९९८ देखि भित्रिन थालेका हुन् । २ वर्ष अगाडीबाट भने बजाजका सबै मोडलका मोटरसाइकल नेपालमै एसेम्बल हुँदै आएका छन् । 

बजाजले नेपालमा १८० जना इन्जिनियरहरुलाई रोजगारी दिएको छ । 

गोल्छाका अनुसार अब चाँडै इलेक्ट्रिक स्कुटर भित्र्याउने तयारीमा कम्पनीमा छ । भारतमा भने बजाजले इलेक्ट्रिक स्कुटर बजारमा ल्याइसकेको छ । 

गोल्छा ग्रुपको हुलास अटोका महाप्रबन्धक योगेश गुरुङका अनुसार गत आर्थिक वर्षमा नेपालमा बजाजका ८० हजार मोटरसाइकल बिक्रि भएका थिए । अहिले ब्यापारमा ६० प्रतिशत गिरावट आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved