नेपाल मै बनेको यात्री बाइक दर्ता हुने बाटो खुल्यो, सरकारले संशोधन गर्यो कार्यविधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 12:04:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मै बनेका यात्री लगायतका सवारीसाधन दर्ता हुने बाटो खुलेको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेसंगै नेपाल मै बनेका यात्री लगायतका सवारीसाधन दर्ता हुने बाटो खुलेको हो। 

यातायात व्यवस्था विभागको २०८०/०१/१३ को निर्णय बमोजिम यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरी संशोधन गरिएको विभागले जनाएको छ।

यस्ता छन् थपिएका बुँदा: 

११.१.९ नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था:


१. यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशबाट पाटपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायतका प्रयोजन का लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।

२. नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि दर्ता कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्त: शुल्क निकासी फारम समेत पेश गर्नु पर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved