जगदम्बा मोटर्सको नारायणघाटमा राइड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 06:28:03 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) दोस्रो पटक राइड सम्पन्न गरेको छ । 

वैशाख ३०  गते शनिबार आयोजना भएको यस राइड टिभिएसको नारायणघाट शोरूम ( मालश्री मोटर्स नारायणघाट) बाट शुरु भएर जगतपुर, चितवन पुगेर समापन भएको थियो।

उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved