अटोमोवाइल स्पेयर पार्ट्स आयातमा पनि आयातकर्ता र वितरकको लेवल अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 06:15:14 PM मा प्रकाशित

laxmi  sunrise bank

 नाडाका प्रतिनिधिमण्डल र भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलबीच भेटवार्ता भएको छ ।  वीरगञ्ज भन्सार कार्यालय, पर्साले २०८० श्रावण १ गते पछि पैठारी हुने तयारी मालबस्तु बजारमा विक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालबस्तुको प्याकिङ्गमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएर मात्र पठाउनु पर्ने भन्ने विषयमा जारी गरेको सूचना लगायत व्यवसायीहरुलाई भन्सारमा परेको समस्याहरुका छलफल भएको नाडाले जनाएको छ । 

उक्त छलफलमा नाडाका अध्यक्ष डा. ध्रुव थापाले सो सम्बन्धमा जिज्ञासा राख्दै सो सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागु गर्ने भनिएको हो प्रष्ट नभएको र अटोमोवाइल स्पेयर पार्टसका कतिपय बस्तुहरुमा यस्तो व्यवस्था लागु गर्न कठीनाई हुने भनाई राखे । त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले त्यसको कार्यान्वयमा आउने व्यावहारिक समस्या र अपठयाराहरु बारे जिज्ञासा राखे । 

सो छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले बैध व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिदै अटोमोवाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागु हुने बताए। यसै क्रममा उनले अटोमोवाइल स्पेयर पार्टसका केही बस्तुहरुमा यस्तो व्यवस्था गर्न कठीनाई हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधि समेत ल्याउन लागेको जानकारी दिए। 

त्यसैगरी सो छलफलमा महानिर्देशक पाडैलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नु पर्ने भएकोले साधारण खुद्रा व्यवसायीहरुलाई कुने अप्ठेरो र झण्झट पनि नहुने प्रष्टयाए  । विभागका उपमहानिर्देशकद्धय सेवन्तक पोखरेल र रमेश अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved