नेपालमा पल्सरको २ नयाँ बाइक सार्वजनिक, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2023 | 10:57:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.(गोल्छा ग्रुप)ले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिब अनुभवलाई नयाँ परिभाषा दिने विश्वास लिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः रु. ४२४,९०० र रु. ३८४,९०० मा उपलब्ध छन्। 

कम्पनीका अनुसार पल्सर एनएस २०० मा १९९.५ सीसीकोलिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक BSVI इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्दै योपावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ ।

त्यस्तै पल्सर एनएस १६० USD  मा १६०.३ सीसीकोआयल कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको BSVI इन्जिन रहेको छ । ९००० आरएमपीमा १७  पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गती र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ ।

कम्पनीका अनुसार यि दुबै बाइकमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ जसले गर्दा निश्चित स्टपिब पावर र भरपर्दो नियन्त्रणको साथ जस्तोसुकै सडकमा पनि निर्धक्क भई चलाउन सक्नुहुन्छ । यी दुबै बाइकहरुमा राईडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छ जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्दछ । यि दुबैमा ३३ एमएम Up Side Down front suspension (अपसाइड डाउन फ्रन्ट सस्पेन्सन) र क्यानिस्टर सहितको Rear Nitrox Mono shock (रियर नाइट्रोक्स मोनो शक) सस्पेन्सनको संयोजनमा राईडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन्र सहज अनि आरामदायी सवारीको मजा लिन सक्नेछन्।

बाइक सार्वजनिक गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने , “हाम्रा दुई नयाँ बाइकहरू  बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ। नयाँ नयाँ बिशेषता सहितको अत्याधुनिक बाइकहरु ल्याएर हाम्रा राइडरहरुको राइडिब अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहने छ । बजाजका यी नयाँ बाइकहरुले पनि सधैंँ झैँ नेपाली राइडरहरुको विश्वास जित्नेछन् भन्ने विश्वास हामीलेलिएका छौँ ।′′

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved