आफूले बिक्री गर्ने सामानमा ‘लेवल’ लगाएर मात्रै बजार पठाउन सदस्यहरुलाई नाडाको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 01:14:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आफ्ना सदस्यहरुलाई आफूले बिक्रि गर्ने सामानमा लेवल लगाउन आग्रह गरेको छ । भन्सार विभागले जारी गरेको सूचना अनुसार बस्तु पैठारी गरेर नेपालमा बिक्रि गर्दा अनिवार्य लेवल लगाउन नाडाले आफ्ना सदस्यहरुलाई आग्रह गरेको हो । 

भन्सार विभागले २०८० साउन १ गतेपछि पैठारी हुने तयारी मालबस्तु बजारमा पठाउँदा त्यस्ता मालबस्तुको प्याकिङ्गमा पैठारीकर्ता र बितरकको पुरा बिबरण भएको लेवल लगाउनु पर्ने ब्यवस्था गरेको थियो ।

सोही अनुसार नाडले आफ्ना सदस्यहरुलाई लेबल लगाएर मात्रै बस्तु बिक्री गर्न आग्रह गरेको हो । 

‘लेवलिङ गर्ने सबै कार्य आयातकर्ता र डिलर्सबाट नै हुने भएको हुँदा खुद्रा बिक्रेताहरुको कुनै भूमिका नहुने कुराको समेत जानकारी गराउँछौ’ नाडाका महासचिव सुरेन्द्रकुमार उप्रतीले सूचना जारी गर्दै भनेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved