नाडा अटो शोको लागि लटरी ड्र मार्फत स्टल निर्धारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2023 | 03:58:03 PM मा प्रकाशित

laxmi  sunrise bank

 नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२३ को स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ । नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म÷कम्पनीरुले समान अवसर प्राप्त गरोस भन्ने उद्धेश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दे आएको छ ।

स्टल बुकिङ्गका लागि नाडाले यस अघि नै सूचना समेत प्रकाशित गरिसकेको थियो । यस पटक विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोवाइल कम्पनीहरु सहभागी भएको नाडाले जनाएको छ ।   नाडा अटो एक्सपोे २०२०, २०२१ र २०२२  कोभिड महामारी लगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन नसकेको अवस्थामा यस वहुप्रतिक्षित नाडा अटो शो २०२३ मा अटोमोवाइल कम्पनीहरुको अत्यधिक सहभागिता भएको नाडाले उल्लेख गरेको छ । 

नाडाका अनुसार दर्शकहरुले यस प्रर्दशनीमा विद्युतिय सवारी साधनहरु लगायत चार बर्ष पछी हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने छन् । खाशगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरटयूव, लुविकेण्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहित कूल ८२ वटा स्टलहरु प्रदर्शनीमा रहने छन् । त्यसैगरी सो प्रदर्शनीमा अटोमोवाइल व्यवसायसंग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्स जस्ता कम्पनीहरु समेतको उल्लेख्य रुपमा सहभागिता रहनेछ । नाडाले गत बर्ष भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ समेत सम्पन गरेको थियो । 

विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसाय अव केही चलायमान हुने अपेक्षा समेत राखिएको नाडाले जनाएको छ । नाडा अटो एक्सपोको १५ औं संस्करणको नाडा अटो एक्सपो २०२३, यही आउदो २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुदैछ ।

सो प्रदर्शनीमा सहभागी हुने अटोमोवाइल कम्पनीहरुले आफना नयाँ मोडलका सवारी साधनहरुको विक्रीका लागि विभिन्न छुट र सुविधा सहीतका प्याकेजहरु समेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने अपेक्षा राखिएको र यस प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने तथा करिव २० अरव भन्दा बढीको कारोबार हुने आशा नाडाले व्यक्त गरेको छ । 

प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एण्ड मेनजमेण्ट सर्विस प्रा.लिले गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved