
 2mb (1).gif)
भदौ २६ गतेदेखि सुरु भएको नाडा अटो शो हिजो आइतबार सकिएको छ । लाख बढी मानिसले अवलोकन गरिएको भनिएको अटो शोमा २ हजार हाराहारीमा गाडी बुकिङ भएका छन् ।
आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष ध्रुब थापाले अटो शो अटोमोबाइल व्यवसायीलाई मात्रै नभई समग्र निजी क्षेत्रलाई नै उत्साहित बनाउँदै सकिएको बताएका छन् ।
‘धेरै निराशा र थोरै आशाका बीचमा ठूलो जोखिमका साथ आयोजना गरिएको नाडा अटो शो अन्ततः सम्पुर्ण अटोमोबाइल व्यवसायीलाई मात्रै नभई समग्र निजी क्षेत्रलाई नै उत्साहित बनाउँदै र आगामी दिनमा देशको आर्थिक परिदृश्य र राजस्व योगदानमा समेत सकारात्मक प्रभाव दिन सक्ने गरि ऎतिहासिक सफलताका सम्पन्न भएको छ’ अध्यक्ष थापाले भनेका छन् ।
अटो शोको उद्घाटन गत मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । अटो शो अवधिभित्र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो लगायतले पनि अवलोकन गरेका थिए । नाडाका अध्यक्ष थापाले नाडा अटो शो सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।