आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2023 | 10:12:52 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ । यही भदौ १७ गतेदेखि २९ गतेसम्म सञ्चालित आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको हो । नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको यस क्याम्पमा भेला भएर करिब २००० जना भन्दा बढी ग्राहकले आफ्ना सवारीको सर्भिसिड्ड मार्पmत लाभ लिएका थिए ।

बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरुलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ । यसका साथै नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ । बिदाको समय तथा रात्रिकालिन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा संचालन हुने र उक्त सेवा लिनका लागि टोल फ्री नम्बर १६६००१११५५५ मा फोन गरि चौबिसै घण्टा सेवा लिन सकिने जानकारी यस क्याम्पमा गराइएको थियो ।

बतास एमएडब्लूले सधैं गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको छ । व्यावसायिक सवारी साधनहरूका लागि उत्तम सम्भावित हेरचाह उपलब्ध गराउने प्रतिबद्धता, ग्राहकको अपेक्षाहरू पूरा गर्ने प्रयासकै कारणले यस उद्योगले मान्यता पाएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved