इकोविटका ४ मोडलका विद्युतीय स्कुटरहरु नेपाली बजारमा, कति पर्छ मुल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2023 | 10:32:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल सेभेन प्रालिले इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएको छ ।  इकोविट ब्राण्डका विभिन्न ४ मोडलका स्कुटर बजारमा भित्र्याएको हो ।

त्यस्तै कम्पनीले चाडपर्वलाई लक्षित  इकोविट फेस्टिवल भाइब्स स्कीम समेत लागू गरेको छ । यो स्कीम अन्तर्गत कम्पनीले इकोविट ब्राण्डका हरेक मोडेलको खरिदमा अधिकतम नगद १५ हजार रुपैयाँसम्मको छुटको व्यवस्था छ । यो योजना असोज १५ गतेदेखि मंसिर ९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । 

विभिन्न ४ मोडलका स्कुटरको बारेमा

आरथ्री :- ३००० बाट क्षमताको हब मोटर जडित यो मोडेलमा ६० भोल्ट २६ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध रहेको छ । जसलाई एकपटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य डबल बेट्रीमा ३ लाख ८० हजार रुपैयाँमा राखिएको छ ।

आरथ्री प्रो :- ४००० वाट क्षमताको गियर मोटर जडित यो मोडेलमा ७२ भोल्ट ३२ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य डबल बेट्रीमा ५ लाख ३० हजार रुपैयाँ तथा सिंगल बेट्रीमा ४ लाख ३० हजार रुपैयाँ मूल्य राखिएको छ ।

भ्याक्स:- ३००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ७२ भोल्ट २० एएचका लिड एसिड बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य २ लाख १ हजार रुपैयाँ राखिएको छ ।

ई रेट्रो स्टार:-२००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ४८ भोल्ट २६ एएचका लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य डबल बेट्रीमा ३ लाख ३४ हजार रुपैयाँ र सिंगल बेट्रीमा २ लाख ३५ हजार रुपैयाँ मूल्य राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved