नाडा डिजिटल अटो शो हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 09:37:04 PM मा प्रकाशित

laxmi  sunrise bank

 नाडा र हाम्रो बजार डटकमको सहकार्यमा अनलाइन अटो शो हुने भएको छ । नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा आज सम्झौता भएको हो । 

उक्त संम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाण्डौको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरु बारे nada.hamrobazaar.com मार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।

उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा.ध्रुब थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रवन्धक सागर के.सीले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved