अटो लोनको जोखिमभार ७५ प्रतिशत हुनुपर्छ: अध्यक्ष थापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 11:57:47 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले बिहिबार जारी गरेको एकिकृत निर्देशनले अटोमोबाइल्स व्यवसायीहरु निराश नै रहेको पाईएको छ । राष्ट्र बैंकले अटो लोनको जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशत बनाउनुबाहेक अरु कुनै प्रावधानमा कुनै संशोधन नगरेपछि अटोमोबाइल्स व्यवसायीहरु निराशाकै अवस्थामा देखिएका हुन् । 

नाडा अटोमोबाइल्स एसोसियनका अध्यक्ष ध्रुब थापाका अनुसार व्यवसायीहरुले अटो लोनको जोखिम भार ७५ प्रतिशतमा झार्न माग गरेका थिए । विदेशी मुद्राको सञ्चितिमा दबाब परेको भन्दै गाडीको आयातमा बन्देज लगाइनुभन्दा अगाडी अटो लोनको जोखिम भार ७५ प्रतिशत मात्रै थियो । अहिले डलर सञ्चिति राम्रो अवस्थामा रहेकाले अब जोखिम भार पनि पूरानै अवस्थामा फर्काइनुपर्ने व्यवसायीको माग भएपनि राष्ट्र बैंकले १२५ प्रतिशतमा मात्रै झारेको छ ।

यसले व्यवसायमा कुनै खास परिवर्तन नआउने नाडाका अध्यक्ष थापा बताउँछन् । उनका अनुसार राष्ट्र बैंकले यति इन्जिन क्षमता भएका गाडीमा यति प्रतिशत फाइनान्सिङ र यस्तो गाडीमा यति फाइनान्सिङ गर्नु भनेर तोक्ने नभई ग्राहकको तिर्न सक्ने क्षमता हेरेर बैंकलाई नै यस्तो अधिकार छोडिदिनुपर्ने व्यवसायीहरुको माग छ ।

उनले अहिले ‘नाडा अटो शो’मार्फत बुकिङ भएका गाडीहरु ल्याउने र चाडवाडको बेलामा गाडी किन्नेहरु देखिएकाले माग केही बढेजस्तो देखिएपनि राष्ट्र बैंकको जोखिम भार र लोन टू भ्यालू रेसियो सम्बन्धि प्रावधानका कारण बैंकहरुले सहज रुपमा फाइनान्सिङ गर्न नसकिरहेको बताए ।

‘जोखिम भारकै कारण बैंकहरुले सहज फाइनान्सिङ गर्न सकेका छैनन्, अहिले नाडा अटो शो मार्फत केही बजार चलायमान जस्तो देखिएको छ, इभीको हकमा केही बढेको पनि हो, तर यो बीचमा पोलिसी केही सुधार हुन्छ कि भन्ने थियो, भएन’ उनले भने, ‘अब चाडवाड सकिएपछि अटोमोबाइल्स बजार फेरि खस्किने देखिन्छ । यसको असर हामी व्यवसायीलाई त पर्छ नै, सँगै सबैभन्दा बढी राजस्व तिर्ने क्षेत्रमा असर पर्दा सरकारको राजस्वमा यसको असर देखिन्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved