दशैँमा बाइक किन्ने सोचमा हुनुहुन्छ? हेर्नुस् कुनको कस्तो छ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 01:34:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरूको महान चाड दशैंतिहार नजिकिँदै गर्दा मोटरसाइकल बिक्रेता कम्पनीहरुले विभिन्न अफर सार्वजनिक गरेका छन् । विगतको जस्तै विभिन्न अटोमोबाइल कम्पनीले ग्राहकलाई आकर्षित गर्नको लागि दशैं अफर सार्वजनिक गरेका हुन् ।

 दुईपाङ्ग्रे सवारी साधन सुजुकी, बेनेलीे, होण्डा, बजाज, यामाहा, टिभीएसलगायत अन्य कम्पनीले बजारमा ग्राहकहरूको लागि योजना सार्वजनिक गरेका छन् ।

कुनको के छ अफर?

सुजुकीः सुजुकीले दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ’बाडौ खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ । यस स्किम अन्तर्गत  ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको १० रुपैयाँ हजार पक्का छुट पाउनेछन् । अथवा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा १५ हजार रुपैयाँ तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा ग्राहकले १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् । शून्य प्रतिशत फाइनान्सको सुबिधाका साथै एक वर्ष ‘रोड ट्याक्स फ्री’ हुने समेत कम्पनीले जनाएको छ । यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।

यामाहाः यामाहा बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ’ दसैं अफर योजना ल्याएको छ। कम्पनीले ल्याएको उक्त स्किम अन्तर्गत स्कुटरको खरिदमा ६ हजारदेखि १ लाखसम्म र बाइकमा ८ हजारदेखि १ लाखसम्म क्यासब्याक पाउन सकिन्छ ।

यसैगरी लक्की ड्रमार्फत हरेक दिन यामाहा राइडिङ ज्याकेट, हरेक हप्ता आइफोन–१४ र प्रत्येक महिना एकजना भाग्यशाली विजेताले जापान भ्रमणमा जान पाउनेछन् ।

टिभिएसः टिभिएसले चाडपर्वलाई मध्यनजर गर्दै “टीभीएस हर मोडमा उमङ्ग” नामको विशेष योजना सार्वजनिक गरेको छ । यस अफरमा किन्नु अघि एक लाखसम्म, किन्दा खेरी ५ लाखसम्म, हरेक महिना लक्की ड्रमार्फत १०० प्रतिशत क्यासब्याक र बम्पर उपहारमा १० लाख  रुपैयाँसम्म जित्न सकिने छ । ।साथै एक्सचेन्ज अफर पनि उपलब्ध छन् । यो योजना  भदौ २८ गतेबाट सुरु भएको योजना चाडपर्वको अवधिभर लागू हुनेछ । 

होण्डाः होण्डाले “दशैंमा दश लाख” नामक दशिया उपहार योजना सार्वजनिक गरेको छ । यो योजना २०७९ असोज ३ गते देखि सुरु भई मंसिर ३ गते सम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले  स्क्याच कुपन मार्फत १० लाख सम्म सम्म जित्न सक्ने छन् । उनीहरुलाई अर्को स्क्र्याच कार्ड अर्थात ५ वर्षको लागि १२ हजार ५०० बराबरको एएमसी प्याकेज छान्ने विकल्प दिइने छ । यसको साथै कुनै पनि होण्डा बिग बाइकमा रु १ लाख सम्मको छुट पनि रहेको कम्पनीले जनाएको छ ।

बेनेलीः यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर बेनेलीले “दशै तिहारको बहार,नगद नै नगद उपहार” नामक अफर ल्याएको छ । उक्त अफर अन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्रयाच कुपन मार्फत १० हजारदेखि १ लाख रुपैयाँसम्म नगद छुट जित्न सक्नेछन् । त्यसैगरी, हरेक हप्ता लक्की ड्र मार्फत एकजनालाई बेनेलीको राइडिङ ज्याकेट दिने कम्पनीले जनाएको छ । यसका अलावा ग्राहकले लक्की ड्र मार्फत नै प्रत्येक महिना गो प्रो हिरो ११ उपहार जित्न सक्ने छन् ।

बजाजः बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजको बाइक खरिदमा दसैं अफर योजना ल्याएको छ । कम्पनीले दसैं अफरमा “आमामा २५ गुणा अफर” ल्याएको हो । कम्पनीले ल्याएको उक्त अफर योजनामा अब बजाज बाइकको खरिदमा पक्का २५ गुणा नगद उपहार पाइने व्यवस्था गरेको छ । यो अफर योजना भदौ २४ देखि मंसिर १४ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved