नाडा निर्वाचनः सर्वसम्मतको प्रयासमा पूर्व अध्यक्ष दुलाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 02:34:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालमा चुनावी माहोल तात्तिएसँगै सर्वसम्मत नेतृत्व चयनका लागि विशेष पहल सुरु भएको छ । सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनका लागि मंगलबारबाट घनिभूत छलफल थालिएको बताइएको छ ।

नाडाका निवर्तमान अध्यक्ष कृष्ण दुलालले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनका लागि छलफल अघि बढाएका हुन् । केही दिनदेखि निवर्तमान अध्यक्ष दुलालले वर्तमान अध्यक्ष ध्रुब थापासँग मिलेर सर्वसम्मतको प्रयास गरिरहे पनि मंगलबारबाट सर्वसम्मतको प्रयासलाई थप शसक्त बनाएका छन् ।

नाडाको आगामी अध्यक्षका लागि प्रत्याशीका रुपमा उभिएका आकाश गोल्छा र करण चौधरीलाई एकै ठाउँमा राखेर निवर्तमान अध्यक्ष दुलालले सहमतिको प्रयास गराइरहेको बुझिएको छ । 

‘केही पटक उहाँ (कृष्ण दुलाल)ले दूबै उम्मेदवारलाई राखेर छलफल गरिसक्नु भएको छ, हिजो (मंगलबार)बाट उहाँ यसका लागि थप क्रियाशील हुनुभएको छ’ एक जना पदाधिकारीले भने, ‘सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेर जाने निवर्तमान अध्यक्षको पहलमा वर्तमान अध्यक्ष ध्रुब थापाले सहयोग गरिरहनु भएको छ ।’

अध्यक्ष थापाले सकेसम्म सर्वसम्मत रुपमा चयन भएको नयाँ टिमलाई नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना रहेको बताउँदै आएका छन् । उनले सर्वसम्मतको प्रयास अन्तिमसम्मै जारी रहने पनि बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved