करण चौधरीद्वारा नाडाको अध्यक्षमा उम्मेदवारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 04:46:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल  (नाडा) को अध्यक्ष पदमा करण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी पौष २०/२१ गते हुने नाडाको ४७औँ साधारणसभा तथा निर्वाचनका लागि चौधरीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले एक विज्ञप्तीमार्फत म्मेदवारी घोषणा गरेका हुन् ।

सुजुकी गाडीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पको निर्देशक रहेका चौधरी यसअघिको निर्वाचमा पनि अध्यक्षका उम्मेद्वार थिए । उनी गत निर्वाचनमा ध्रुब थापासँग पराजित भएका थिए । 

चौधरीले यसपटक पनि अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै सहमतिको प्रयास भने कायम रहने जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved