विद्युत प्राधिकरणले किन्यो बिवाईडीको १५ वटा विद्युतीय कार, एउटाको मूल्य ६५ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2023 | 12:30:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले बिवाईडीका विद्युतीय गाडी खरिद गरेको छ । प्राधिकरणले केही समय अगाडी बिवाईडीका १५ वटा एट्टो–३ मोडलका विद्युतीय कार खरिद गरेको हो ।

प्राधिकरणले बिवाईडी गाडीको नेपालस्थित आयातकर्ता साइमेक्स इंकसँग प्रतिगोटा ६५ लाख रुपैयाँमा एट्टो–३ मोडलका १५ वटा विद्युतीय गाडी किनेको बताइएको छ । प्राधिकरण स्रोतका अनुसार यी १५ मध्ये अहिले १२ वटा मात्रै चलेका छन् भने ३ वटा चलाइएका छैनन् । नचलाइ राखिएका ३ मध्ये २ वटामा नम्बर प्लेट नै जडान गरिएको छैन । 

यसअघि पनि प्राधिकरणले सिप्रदी ट्रेडिङसँग टाटा नेक्सन इलेक्ट्रिक गाडी किनेको थियो । अहिले प्राधिकरणसँग नेक्सन २३ र बिवाईडी १५ गरी ३८ वटा विद्युतीय गाडी छन् । विद्युतीय गाडी किन्न प्राधिकरणले १९ करोड १७ लाख बढी खर्चिएको छ ।

प्राधिकरणले अहिले १०औं तह र त्यसभन्दा माथिका कर्मचारीलाई मात्रै गाडी सुविधा दिँदै आएको छ । छ । तर, आयोजना हेर्ने कर्मचारीले भने ७ औं तहबाटै गाडी सुविधा पाउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved