विद्युतीय गाडीले कति खपत गर्छन् बिजुली ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 02:20:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले अहिले विद्युतीय चार्जिङ स्टेशन बनाइरहेको छ । कम्तीमा राजमार्गमा विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन बनाउने लक्ष्यका साथ अहिले ३२ ठाउँमा ५१ वटा चार्जिङ स्टेशन बनाइसकेको प्राधिकरणले ११ वटा चार्जिङ स्टेशन थप गर्दैछ ।

प्राधिकरणको चार्जिङ स्टेशन आयोजनाका एक अधिकारीका अनुसार अहिले ५१ वटा चार्जिङ स्टेशनबाट दैनिक १५ हजार युनिट बिजुली खपत भइरहेको छ । दशैँ र तिहारका बेला चार्जिङ स्टेशनबाट एक दिनमा २० हजार युनिटसम्म बिजुली खपत भएको ति अधिकारीको भनाई छ ।

‘हामीले राखेका चार्जिङ स्टेशनबाट कति बिजुली खपत भयो भन्ने तथ्यांक हरेक दिन आउँछ, अहिले दैनिक १५ देखि १६ हजार युनिट बिजुली खपत भइरहेको छ’, ति अधिकारीले भने ।

उनका अनुसार प्राधिकरणले विद्युतीय चार्जिङ स्टेशनबाट सवारी साधन चार्ज गर्दा लाग्ने शुल्क ३ प्रकारको तोकेको छ । दिउँसो प्रति युनिट ८ रुपैयाँ, पिक आवरमा १०.४४ रुपैयाँ र राती ११ बजेदेखि बिहान ५ बजेसम्म प्रति युनिट ६ रुपैयाँ । 

‘यसलाई औसत प्रति युनिट ८ रुपैयाँ भन्न सकिन्छ, प्रति युनिट ८ रुपैयाँका दरले १५ हजार युनिट बिजुली खपत हुँदा हरेक दिन प्राधिकरणलाई १ लाख २० हजार रुपैयाँ आम्दानी भइरहेको छ’ ति अधिकारीले थपे ।

उनका अनुसार यो तथ्यांक प्राधिकरणले राखेका चार्जिङ स्टेशनको मात्रै हो । यसबाहेक गाडी बिक्रेता कम्पनीहरुले पनि आफ्नो चार्जिङ स्टेशन राखेकाले त्यहाँबाट पनि बिजुली खपत भइरहेको उनको भनाइ छ ।

‘कतिपय मान्छेले घरमा गाडी चार्ज गर्छन्, त्यो उनीहरुको घरमा भएको मिटरमा गणना हुन्छ’ उनले भने ।

अहिले नेपालभरी करिब १० हजारको संख्यामा विद्युतीय गाडी छन् भन्ने सरकारी आँकडा छ । यो संख्यामा भएका गाडीहरुका लागि अहिले अपरेशनमा रहेका चार्जिङ स्टेशन थोरै भएकाले गाडी बिक्रेताहरुले उसले बिक्रि गर्ने गाडीको संख्याका आधारमा अनिवार्य चार्जिङ स्टेशन पनि बनाउनुपर्ने नियमका लागि प्राधिकरणले नीतिगत तहमै ‘लविङ’ गरिरहेको ति अधिकारीले खुलासा गरेका छन् ।

‘अहिले बिवाईडीले यत्रा गाडी बेचिरहेको छ, तर चार्जिङ स्टेशन बनाउने मामिलामासुतेर बसिरहेको छ’ उनले भने, ‘हामीले इभी बिक्रेताले चार्जिङ स्टेशन पनि बनाउनुपर्ने पोलिसीका लागि कुरा राखिरहेका छौँ । गाडी बेचेर नाफा उनीहरु कमाउने, चार्जिङ स्टेशन चाहिँ प्राधिकरणको मात्रै प्रेसरको विषय बनिरहने भन्ने कुरा ठिक भएन भनेका छौँ । सायद अब चाँडै यो खालको पोलिसी आउँछ होला ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved