बीवाईडी डल्फिनले पायो ‘बेष्ट बाइ कार अफ युरोप २०२४’ अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2023 | 08:22:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बीवाईडीको डल्फिनलाई ‘बेस्ट बाय कार अफ युरोप २०२४’ अवार्ड दिइएको छ। अस्ट्रियाको टिसडोर्फ सर्किटमा तीन बलियो प्रतिद्वन्द्वीहरूको बीचमा यसको गहन परीक्षण गरिएको थियो। 

३१ युरोपियन देशका अटो क्षेत्रका ३१ पत्रकारहरु संल्गन जुरीबाट गरिएको भोटिंङमा बीवाईडीको डल्फिनले ‘बेस्ट बाय कार अफ युरोप २०२४’ अवार्ड पाएको हो। भोटिंङ  गाडीको भित्री ठाउँ, कम्प्याक्ट आयाम, सुरक्षा, प्रविधि, उच्च स्तरको मानक सुविधाहरू र यसको मूल्य गुणस्तरमा आधारित थियो।

"यो एक दशकमा सबैभन्दा सन्तुलित अटोबेष्ट प्रतियोगिताहरू मध्ये एक थियो, तर बिवाइडी डल्फिन, एक इलेक्ट्रोनिक भेइकल मात्र मोडेलले यो उपाधि जित्यो" अटोबेस्टका अध्यक्ष, ड्यान भार्डीले भने।

जूरीहरूले गाडीको मोडेल, यसको मुल्य, गुणस्तर जस्ता बिषयलाई आधार मानेर निष्कर्षमा पुगेका थिए।  बिवाइडी डल्फिनलाई सुरक्षा संगठन युरो एनसीएपीले पनि अधिकतम ५ तारा प्रदान गरेको थियो ।

बिवाइडी डल्फिन गत हप्ता माल्टामा लन्च गरिएको थियो। आधिकारिक अटोबेष्ट "Best Buy Car of Europe 2024 अवार्ड" लाई यस वर्षको अन्तमा लक्जेम्बर्गमा हुने २३ औं अटोबेष्ट गालामा आधिकारिक रूपमा हस्तान्तरण गरिनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved