१४ औ संस्करण रोयल इन्फिल्ड राइड हुँदै, पोकर खेल र अवार्ड मुख्य आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2024 | 04:18:33 PM मा प्रकाशित

laxmi  sunrise bank

१४ संस्करणको 'रोयल इन्फिल्ड पोकर रन नेपाल' हुने भएको छ। नेपाली नयाँ वर्षलाई स्वागत गर्दै एउटा महान उत्सवको रुपमा  गैर-प्रतिस्पर्धी कार्यक्रमको रुपमा यो कार्यक्रम आयोजना हुन लागेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार चैत्र ३० गते नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट राइड सुरु हुनेछ भने राइडरहरु आआफ्नो मोटरसाइकल चढेर करिव २०० किमिको दुरी पारगर्दै त्यहि बेलुकी पोखरा पुग्ने छन्। त्यसदिन होटल ल्यान्डमार्क लेकसाइड पोखरामा त्यो रातको बास, गाँस र चास (मधुशाला, पार्टी, मनोरंजन) को व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यस कार्यक्रममा रोयल इन्फिल्ड कम्पनीका सबै मोटरसाइकल धनीले भाग लिन सक्ने छन्। कम्पनीका अनुसार यस कार्यक्रमको अर्को मुख्य रमाइलो पक्ष भनेको पोकर खेल हो ।  

 कार्यक्रमकै अंश अनुरुप चैत्र ३० गतेका दिन लाईभ कन्सर्ट, डिजे सेसन लगायतका कार्यक्रम गरि सहभागीलाई भरपुर मनोरंजन प्रदान गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस पटकको कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, अस्ट्रिया लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित १५० को हाराहारीमा सहभागीहरु रहनेछन्।

कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य उदेश्य भनेको नै मोटरसाइकल यात्रा मार्फत भातृत्वको विकास गर्नु हो। यसको अर्को रमाइलो पक्ष भनेको सहभागीलाई प्रदान गरिने सुन्दै रोचक लाग्ने विभिन्न किसिमका पुरस्कारहरु दिइन्छ । बेस्ट पोकर हात, बेस्ट इन्फ़िल्ड अवार्ड, सपोर्टिङ्ग वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लामो दूरी राइडर र हार्ड लक अवार्ड (यात्रा अवधिभर जसको मोटरसाइकलले सबै भन्दा धेरै दुःख दियो) लगायतका अवार्ड दिइने कम्पनीले जनाएको छ ।

 समुहगत वा व्यक्तिगत मनोरंजनका निम्ति मात्रै नभई यस पोकर रन नेपाल कार्यक्रमले सामाजिक उत्तरदायित्व बहनको कार्य पनि गरिने कम्पनीले उल्लेख गरेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved