विराटनगर एयरपोर्ट बिहिबार साँझ ५ बजे सम्मका लागि बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 05:37:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अविरल वर्षाका कारण आएको ठूलो बाढी पसेर प्रभावित बनेको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा प्रदायकहरुलाई विराटनगर एयरपोर्ट बिहिबार साँझ ५ बजेसम्म बन्द रहने जानकारी गराएको हो । 

क्यानको यस्तो जानकारी आएपछि वायुसेवा कम्पनीले बिहीबारका लागि तय गरेका उडानहरु रद्द गरेका छन् ।

आजका उडानहरु पनि रद्द गरिएका छन् । 

विराटनगर  विमानस्थलमा बाढी पसेका कारण बुद्ध र श्री एयरलाइन्सको एक एक वटा जहाज विराटनगरमा रोकिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved