सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 08:17:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोक्किएको छ । विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर जहाज दुर्घटनामा परेको हो ।

हुम्लाको सिमिकोट उड्ने क्रममा मंगलबार बिहान जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको समयमा एक्कासी बदेल आएपछि जहाज बँदेलसँग ठोक्किएको विमानस्थलले जनाएको छ ।

१४ यात्रु र कार्गो बोकेको जहाज दुर्घटनामा परेपनि कुनै मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेको बताईएको छन् । जहाजको अघिल्लो भागमा प्वाल परेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved