हवाई उडानबारे अध्ययन गर्न नेपाल आउँदै इयुको टोली, ३ एयरलाइन्स निगरानीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2023 | 12:55:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको हवाई उड्डयन क्षेत्रबारे अध्ययन गर्न युरोपियन युनियन (ईयू)को टोली नेपाल आउने भएको छ । सन् २०१३ देखि नेपालको हवाई उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेको ईयूले यसपाली ‘अनसाइट भिजिट’ गर्न लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘अनसाइट अब्जरभेसन’का लागि ईयूको टोली सेप्टेम्बर अन्तिमदेखि अक्टोबर पहिलो हप्ताभित्र नेपाल आइसक्नेछ । उनीहरु कति समय यहाँ बस्छन् भन्ने यकिन भइसकेको छैन ।

तर, ईयूका प्रतिनिधिहरुले नेपालमा रहँदा उडान सुरक्षाबारे सुक्ष्म निगरानी गर्नेछन् । उनीहरुले अन्तराष्ट्रिय उडान गर्ने एक, आन्तरिक उडान गर्ने एक र आन्तरिकमा पनि दुर्गम गन्तव्यमा उडान गर्ने एक एयरलाइन्स कम्पनी छनोट गरेर अध्ययन गर्नेछन् ।

अन्तराष्ट्रिय उडान गर्ने हवाई कम्पनीहरु नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स मात्रै छन् । बुद्ध एयरले भारतको वाणरासीमा उडान गर्दै आएको भएपनि उसको उडान ईयूको प्राथमिकतामा नपर्ने जानकारहरु बताउँछन् । ईयूको टोलीले अन्तराष्ट्रिय उडान गर्ने कम्पनी छनोट गर्दा नेपाल एयरलाइन्सलाई नै छानेर अध्ययन गर्न सक्ने देखिएको बताइन्छ । तर, उक्त टोलीको निगरानीमा हिमालय एयरलाइन्स पनि पर्ने चर्चा छ ।

आन्तरिकतर्फ यती एयरलाइन्स पर्न सक्ने बताइन्छ । यसअघि बुद्ध र समिटको अब्जरभेसन गरेकाले यसपटक यी दुई कम्पनी ईयूको टोलीको छनोटमा पर्ने सम्भावना कम रहेको तर, उनीहरुले चाहे भने जुनसुकै एयरलाइन्सको पनि अब्जरभेसन गर्न सक्ने क्यानका अधिकारीहरु बताउँछन् ।

दुर्गमतर्फको उडानमा भने ईयूको टोलीले श्री एयरलाइन्सलाई निगरानीमा राखेर अध्ययन गर्ने सम्भावना उच्च रहेको बताइन्छ । 

‘ईयूको टोलीले जुनसुकै एयरलाइन्सको पनि अब्जरभेसन गर्न सक्छ, अहिले नै हामीले यो यो कम्पनीलाई गर्छ, यो यो कम्पनीलाई गर्दैन भन्न सक्दैनौँ’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘उनीहरुले आफैँ कम्पनी छानेर अध्ययन गर्ने भएकाले जुनसुकै कम्पनीको पनि अध्ययन गर्न सक्छन्, हाम्रा सबै एयरलाइन्स कम्पनीहरु त्यसका लागि तयार भएर बसेका छन्, हामी तयार भएर बसेका छौँ ।’

कालोसूचीबाट हट्ने आशा, तर पोखरा दुर्घटनाले झस्काउँछ

क्यानले यसपाली ईयूको सेफ्टी लिस्टबाट हट्ने आशा गरेको थियो । गत मे महिनामै भएको ईयूको सुरक्षा परिषदकोको बैठकबाट नेपाल यो सूचीबाट हट्ने अपेक्षा थियो । गत नोभेम्बर (गत मंसिर दोस्रो हप्ता)को बैठकमै पनि यो आशा थियो । तर, यी दूबै बैठकले नेपाललाई सेफ्टी लिस्टमा राखे । 

मे महिना (नेपाली जेठ महिना)मा भएको ईयू सेफ्टी काउन्सिलको बैठकले गत माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनालाई देखाउँदै कालोसूचीमा कायम राखेको थियो । यसपटक पनि पोखरा दुर्घटनालाई नै देखाएर कालोसूचीमा यथावत राख्छ कि भन्ने चिन्ता थपिएको छ ।

साथै, यो पछि वैशाख २१ मा संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, जेठमा मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटना, असारमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनालाई पनि ईयूले चासोका साथ हेरेकाले नेपाल पक्षबाट ईयूको टोली आश्वस्त हुने गरी उनीहरुको चासो सम्बोधन हुनुपर्ने हवाई सेवा प्रदायक र यस क्षेत्रका जानकारहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved