
हिमालय जेटले नेपालस्थित जनरेल सेल्स एजेन्ट (जिएसए) नियुक्त गरेको छ । हिमालय जेटले नेपालका लागि आफ्नो जिएसएमा जेनिथ ट्राभललाई नियुक्त गरेको हो ।
बेलायतबाट संसारका ३३ गन्तव्यमा उडान गर्न लागेको अन्तराष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले नेपालमा पनि पहिलो चरणमै उडान गर्ने लक्ष्य लिएको छ । दशैँबाट बेलायतबाट काठमाडौँ उडान गर्ने लक्ष्मा कम्पनी छ ।
हिमालय जेटले जिएसए नियुक्त गरेपछि अब जिएसएले नै उडान सम्बन्धि काम अघि बढाउने जनाइएको छ ।
अन्तराष्ट्रिय हवाई उडानमा आक्रामक रुपमा प्रस्तुत हुन खोजिरहेको हिमालय जेटले यसअघि डिजिटल ट्रान्फर्मेसनका लागि इन्फोसिससँग ४ करोड बेलायती पाउन्ड (६ अर्ब ६४ नेपाली रुपैयाँ) मा सम्झौता गरिसकिएको जनाएको छ ।
हिमालय जेटका मालिक नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ हुन् । हिमालय जेटले सेप्टेम्बर अन्तिमबाट नेपालसहित विभिन्न गन्तव्यमा उडान गर्ने लक्ष्य लिएको छ । यसको आधार विमानस्थल लन्डनको हिथ्रो विमानस्थल हुने बताइएको छ ।