'ग्राउण्ड ह्याण्डलिङ्ग' सेवा निरन्तरताको लागि निगम व्यवस्थापन र ट्रेड युनियनको दबाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 08:38:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आम्दानीको मुख्य स्रोत मानिएको त्रिभुवन विमानस्थलको ग्राउण्ड हान्डलिङ सेवा  खोसिने डरले नेपाल वायुसेवा निगम व्यवस्थापन र कर्मचारी ट्रेड युनियन एक ठाउँ आएका छन्।  नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ्गको लागि खुला प्रतिस्पर्धाबाट कम्पनी छान्ने प्रक्रिया अगाडी बढाएपछि उक्त जिम्मेवारीको निरन्तरताको लागि निगम व्यवस्थापन र कर्मचारी युनियन एक ठाउँ आएका हुन्। 

निगम व्यवस्थापन र कर्मचारी युनियनले एक संयुक्त विज्ञप्ति जारी गरेर सुरक्षा संवेदनशील क्षेत्र विमानस्थलमा आफूहरुकै तर्फबाट ग्राउण्ड ह्यान्डलिङ सेवा सञ्चालन हुनुपर्ने माग राखेका हुन्। ग्राउण्ड ह्याण्डलिङ्ग सेवा 'आइएटा' को अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रमाणित भएकोले आफुहरुले सोही अनुसार उपकरण र दक्ष जनशक्ति तयार गरेको विज्ञप्तिमा भनिएको छ।  

त्रिभुवन विमानस्थलको अलवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउण्ड ह्याण्डलिङ्ग गर्न अनुमति पाएको कारण यस क्षेत्रमा जनशक्ति लगायत उपकरणहरुको लागि थप लगानी गरी सेवालाई निरन्तरता दिइरहेकोले आफुहरु हाल अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्षम रहेको प्रमाणित भएको निगम व्यवस्थापन तथा ट्रेड युनियनको दाबी छ। 

विज्ञाप्तिमा भनिएको छ, "निगम कार्यकारी समितिको वैठक र निगममा क्रियाशील चार वटै कर्मचारी ट्रेड युनियन सहित निगम व्यवस्थापनको मिति मङ्सिर १९ को वैठकबाट निगमले नै ग्राउण्ड ह्याण्डलिङ्ग गर्नु पर्ने कुरामा एकतावद्ध रही दृढतापूर्वक उभिन र यसको निरन्तरताको लागि लगानीको सुनिश्चितता, त्रि.अ.वि जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुुरक्षा समेतको लागि नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमले नै निर्वाध रुपमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा सञ्चालन गर्नु पर्छ भन्ने सम्बन्धमा सम्बन्धित निकाय तथा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय भएको छ।"

ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको निरन्तरताको लागि उपकरणहरुमा गरिएको अर्वौ रुपैयां लगानीको सुनिश्चितता र व्यवसायिक दक्षता र त्रि.अ.वि जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुुरक्षाको सुनिश्चितताको लागि समेत आफुहरुले ग्राउण्ड ह्याण्डलिङ्गको निरन्तरता पाउनुपर्ने निगम व्यवस्थापन र ट्रेड कर्मचारी युनियनको अडान छ।  

निगमले अहिलेसम्म सरकारी ध्वजाबाहक भएका नाताले बिना प्रतिस्पर्धा ग्राउण्ड ह्यान्डलिङ सेवा पाइरहेको छ। उसको ठूलो खर्च ग्राउण्ड ह्यान्डलिङ सेवाबाट हुने कमाइले टर्दै आएको थियो। निगमले वार्षिक ६ अर्ब रुपैयाँ बराबरको आम्दानी ग्राउण्ड ह्याण्डलिङ्गबाट गर्ने बताईएको छ। 

युरोपियन युनियनले नेपालको हवाई उडानलाई फेरि पनि कालोसूचीमा राखेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको कमजोरीका कारण युरोपियन युनियनले  नेपालको हवाई उडानलाई कालोसूचीमा राखेको आरोप लगाएको छ। 

यहि कारण देखाएर प्राधिकरणले  निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त किन नगर्ने भनी स्पष्टीकरण समेत सोधेको छ। तर निगमका अध्यक्ष अधिकारीले भने निगमको कारण नभई प्राधिकरणकै कारण नेपाली हवाई उडान युरोपियन युनियनको कालोसूचीमाबाट हट्न नसकेको बताएका छन्। प्राधिकरणले नियामकीय र कार्यकारी अधिकारलाई छुट्याउन नसकेपछि नेपालको हवाई उडानलाईइ युरोपियन युनियनले कालोसूचीमा मा राखेको निगमको आरोप छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved