
चालु आर्थिक वर्षमा खानी तथा उत्खनन् क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.३१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक राष्ट्रिय लेखा अनुसार खानी तथा उत्खनन् क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.३१ प्रतिशत हुने अनुमान गरिएको हो ।
निर्माण क्षेत्रमा सामान्य गिरावट भए तापनि खानी तथा उत्खनन् क्षेत्रको रोयल्टी संकलनमा गत आर्थिक वर्षको तुलनामा उल्लेख्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदर चालु आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७९÷८० मा यस क्षेत्रको वृद्धिदर ०।९८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ को अन्तिम तथ्याङ्क अनुसार खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर ८.८४ प्रतिशत थियो ।