आइएटाको सेफ्टी अडिटबाट प्रमाणीकरण भयो निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको गुणस्तर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2024 | 09:22:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको गुणस्तर प्रमाणीकरण भएको छ। सेवाको गुणस्तर IATA सेफ्टी अडिट ग्राउन्ड अपरेशन-ISAGO बाट प्रमाणीकरण भएको निगमले जनाएको छ। 

निगमकाअनुसारआगामी दुई बर्ष अर्थात  ५ मार्च, २०२६ सम्मको लागि यो प्रमाणीकरण नवीकरण भएको छ। आइएटाको नियमानुसार दुई–दुई वर्षमा गरिने  अडिटको लागि आइएटाका आधिकारिक अडिटर्सले अडिट गरे पश्चात निर्धारीत सबै मापदण्ड पुरा गरेको हुनाले निगमलाई यो प्रमाणपत्र प्रदान गरिएको हो।

निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको लागि निगमले विगत सन् २०१६ अगष्ट २६ देखि आइएटा-आइएसएजीओ प्रमाणपत्र प्राप्त गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य वायुसेवाहरुको अन्तर्राष्ट्रिय उडानहरुमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जनाएका छन्। 





Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved